पोखरा , ११ बैशाख
नेपाल पत्रकार महासंघ गण्डकीले प्रदेशका विभिन्न जिल्लामा पुगेर समाचार संकलन तथा प्रसारणका समयमा अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।
हाल सम्म प्रदेश समितिले तनहुँ , लमजुङ , गोरखा, नवलपरासी (पुर्व) र मनाङका लागि सामाग्री हस्तान्तरण गरिसकेको छ । पर्वत, बाग्लुङ ,म्यादी र मुस्ताङका भोलि बिहान हस्तान्तरण गरिने कार्यक्रम तय भएको छ । स्याङ्जा शाखामा स्वास्थ्य सामाग्री हस्तान्तरणको कार्यक्रम तय हुँदै गरेको समितिका महासचिब गणेश पौडेलले जानकारी दिए।
Comments are closed.