कुमारी फोनलोनमा ‘मल्टि डिस्बर्सल’ सुविधा सुरु

काठमाडौं ।  नेपालको डिजिटल कर्जा प्रवाहमा अग्रणी प्लेटफर्म फोनलोन (Foneloan) र कुमारी बैंक लिमिटेडबीचको सहकार्यमा ‘कुमारी फोनलोन’ अन्तर्गत नयाँ ‘मल्टि डिस्बर्सल’(Multi-Disbursal) सुविधा सार्वजनिक गरिएको छ । डिजिटल बैंकिङलाई अझ लचिलो, सहज र ग्राहक-केन्द्रित बनाउने उद्देश्यका साथ यो नवीन सेवा सुरु सञ्चालनमा ल्याइएको हो ।

यसअघि एक पटकमा एउटा मात्र कर्जा लिन मिल्ने व्यवस्थाका कारण ग्राहकहरूले स्वीकृत भएको सम्पूर्ण रकम एकैचोटि लिनुपर्ने अवस्था रहेको थियो । थोरै रकम मात्र उपभोग गर्दा पनि बाँकी रहेको सीमा( limit) प्रयोग गर्न पुरानो कर्जा पूर्ण रूपमा राफसाफ (settle) गर्नुपर्ने अवस्था थियो । यही असुविधालाई मध्यनजर गर्दै ‘मल्टि डिस्बर्सल’ सुविधा ल्याइएको हो, जसले योग्य ग्राहकहरूलाई आफ्नो आवश्यकता र सहजता अनुसार पटक–पटक कर्जा लिन सक्ने स्वतन्त्रता प्रदान गरेको छ ।

यस सुविधा अन्तर्गत ग्राहकले आफूलाई स्वीकृत कुल कर्जा सीमा (Limitआवश्यकता अनुसारको रकम मात्र पटक-पटक निकाल्न सक्नेछन् भने बाँकी सीमा भविष्यका लागि सुरक्षित रहनेछ। यसरी वास्तविक रूपमा प्रयोग गरिएको रकममा मात्र ब्याज लाग्ने भएकाले ग्राहकलाई अनावश्यक ब्याजको भार पर्ने छैन । साथै, कुनै पनि कागजी प्रक्रिया वा बैंक भ्रमण नगरी मोबाइल बैंकिङ मार्फत तत्कालै यो सुविधा उपभोग गर्न सकिनेछ ।

सुविधा सार्वजनिक गर्दै फोनलोनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सागर शर्माले भने, “फोनलोनमा हामी सधैं ग्राहकको जीवनशैली र वित्तीय आवश्यकतालाई आत्मसात् गर्दै सेवा विस्तारमा जोड दिन्छौं । सबै अवस्थामा एकै पटक पूरा कर्जा आवश्यक नहुन सक्छ, त्यसैले ‘मल्टि डिस्बर्सल’ सुविधाले प्रयोगकर्ताहरूलाई कर्जामाथिको नियन्त्रण, पारदर्शिता र सहि सदुपयोग गर्ने अवसर प्रदान गर्नेछ ।

कुमारी बैंकका योग्य ग्राहकहरूले कुमारी स्मार्ट मोबाइल बैंकिङ एप मार्फत बिना धितो र बिना कुनै कागजी प्रक्रिया तत्कालै कर्जा प्राप्त गर्न सक्नेछन् । फोनलोनले यस सुविधा मार्फत नेपालको डिजिटल कर्जा इकोसिस्टममा एक नयाँ आयाम थप्दै ग्राहकहरूको वित्तीय सहजतालाई उच्च प्राथमिकता दिएको छ ।

 

You might also like

Comments are closed.