काहुखोलाको बाँझा पाटनमा फूड बारी रेस्ट्रो एण्ड बार संचालन

काठमाडौं । फूड बारी रेस्ट्रो एण्ड बार काहूखोलामा संचालनमा आएको छ ।

खुल्ला बारी , प्राकृतिक सुन्दरता , हरियाली बन जंगल , सुन्दर र शान्त बाताबरणमा रहेको र मिठो खाजा जस्तै, ( म म , चाउमिन , १ चिकेन ३ आइटम , ग्रिल फिस , खाजा सेट , बिरयानी , बर्गर) लगायत बिभिन्न खाजाको परिकारहरु पाउने  भएकाले  यसको नाम फुड बारी राखिएकाे  संचालक रोहित जंग कार्की बताउँछन् ।

जन्मदिन , बेबी सावर , एनिभर्सरी पार्टी , बारबिकिउ पार्टी , नाचगान कार्यक्रम , बनभोज कार्यक्रम , चलचित्र मिउजिक भिडियो शुट गर्न चाहानेहरुको लागि पनि व्यवस्था रहेको संचालक कार्की बताउन छन् ।

उनले  घरबाट निस्किन मन नलाग्नेहरुको लागि पनि बिहान ११ बजेबाट बेलुका ९ बजेसम्म घर , अफिस , लगायत अरु कुनै ठाउँ बाट अर्डर गरेमा होम डेलिवेरीको व्यवस्था रहेको र घरमा खाजा डेलिवेरी उपाय सिटी कार्गोले सेवा दि राखेको बताए ।

jutta mela

लामो समयदेखि हस्पितालिटी क्षेत्रमा काम गरेका कार्कीको लेकसाइडमा -१५  स्ट्रिटमा समेत होटेल रहेको छ । कार्कीले लेकसाइड , पामे , खपौदी जस्तै केही नया कन्सेप्ट बनायर लोकल ठाउँलाई पनि केही  गरम भन्ने सोचले फूड बारी निर्माण गरेका छन् , भने कटेजहरुका नाम , गहु बारी , धान बारी , आलु बारी , फुलबारी , केरा बारी लगायत बिभिन्न नामबाट दियका छन् ।

 

कार्कीले अर्गानिक खाना दिनुपर्छ , सबै स्वस्थ हुनुपर्ने जोड दिदै आफ्नै तरकारी बारीमा साग सब्जी लगायका छन् । पारिवारिक बाताबरणमा बनेको रेस्ट्रोमा हिमालको सुन्दर दृश्य , काहुखोलाको आवाज , चरा चुरुंगीको आवाजसँगै बेम्बो डिजाइनका प्राइभेट हटहरु बनाइएको फूड बारी रेस्ट्रोमा क्याम्प फाइर पिट्स , प्रोजेक्टर , स्विंग , प्रसस्त पार्किङ, फ्री वाईफाई लगायत धेरै सुबिधाहरु पाउन सकिने छ ।

 

You might also like

Comments are closed.