पोखरामा माघ १ गतेबाट फुडजोनको सेवा, एक सातासम्म भारी अफर

पोखरा । अनलाइनका माध्यमबाट रेष्टुरेन्टका खाना तथा खाजाहरु अर्डर तथा होमडेलिभरी सेवा प्रदान गर्नेगरी ‘फुडजोन पोखरा’ ले सेवा सुरु गर्ने भएको छ । पोखराका युवा व्यवसायी चेतन अधिकारीको लगानीमा  माघ १ गतेबाट फुडजोन सञ्चालनमा आउन लागेको हो ।

फुडजाेन पोखरा अनलाइनमा गएर ग्राहकले आफ्नो इच्छा अनुसारको रेष्टुरेन्ट चयन गरी खाना तथा खाजा अर्डन गर्न सक्ने कम्पनीका सञ्चालक चेतन अधिकारीले आर्थिक आवाजलाई जानकारी दिए ।

बिहान ८ बजेदेखि राति १२ बजेसम्म अर्डर गर्न सकिने र होमडेलिभरी सेवा प्रदान गर्ने अधिकारीले बताए । होम डेलिभरी निःशुल्क हुने कम्पनीले जनाएको छ । पहिलो चरणमा पोखरा क्षेत्रमा मात्रै सेवा प्रदान गरिने अधिकारीले जानकारी दिए । निकट भविष्यमा घरघरमा फलफुल तथा प्रशोधित तरकारीसमेत डेलिभरी गर्ने योजना कम्पनीले लिएको छ ।

एक सातासम्म भारी छुट

कम्पनीले माघको पहिलो साताका लागि विशेष छुटसहितको अफर सार्वजनिक गरेको छ । ‘कम्पनी सुरुवातको अवसरमा एक सातासम्म ५० प्रतिशत भन्दा बढी छुटमा सेवा प्रदान गर्न लागिएको हो,’ अधिकारीले भने, ‘ग्राहकले नसोचेको मूल्यमा निकै सस्तोमा खाना तथा खाजा अर्डर गर्न सक्नुहुनेछ ।’

सेवा सुरुवातको दिन माघ १ गते पोखरा क्षेत्रका ५० जना असहाय व्यक्तिहरुलाई निःशुल्क खाना वितरण गरिने कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.