पोखरा फुटवयेर बिजनेस सेन्टरमा ‘जुत्ता किन्दा चप्पल उपहार’

पोखरा । स्वदेशी १० वटा जुत्ता चप्पल उत्पादक कम्पनीहरुको संयुक्त शोरुम रहेको ‘पोखरा फुट्वयर विजनेस सेन्टर’ले नयाँ अफर सार्वजनिक गरेको छ । सिर्जनाचोकमा रहेको उक्त शोरुममा पुस २ गतेबाट लागु हुनेगरी ‘जुत्ता किन्दा चप्पल उपहार’ योजना ल्याइएको सञ्चालक श्रीराम पाण्डेले जानकारी दिए ।

एक हजार रुपैयाँसम्मको कुनैपनि लेडिज वा फेन्सी जुत्ता चप्पलको खरिदमा १० प्रतिशत नगद छुट प्रदान हुनेछ । प्रत्येक एक हजारदेखि देखि १५ सयसम्मको लेडिज जेन्स जुत्ता चप्पलको खरिदमा एक जोर किचनको भुवावाला न्यानो चप्पल प्रदान गरिने छ ।

प्रत्येक १५ सय भन्दा माथिको कुनैपनि लेडिज जेन्स जुत्ता चप्पलको खरिदमा एकजोर न्यानो भुवावाला किचन चप्पलसँगै १० प्रतिशत नगद छुट प्रदान गरिने उनले जानकारी दिए । यो योजना पुस महिना भर लागु हुनेछ ।

नेपालका प्रतिष्ठित जुत्ता उत्पादक कम्पनीहरुको नेपाल भर नै आफ्नै खुद्रा फ्याट्री आउट लेट खोली उपभोक्ताहरुलाई अत्यन्त सुलभ मूल्यमा गुणस्तरीय, फुटवयरका सम्पूर्ण भेराइटी उपलब्ध गराउने उद्देश्य अनुरुप देशका विभिन्न सहरहरुमा फ्याट्री आउट लेट खोल्ने क्रममा पोखरामा पनि शोरुम स्थापना भएको उनले जानकारी दिए ।

यो फ्याट्री आउट लेटमा नेपालमै उत्पादित १० कम्पनीका ३० ब्राण्डका ३००० भन्दा धेरै मोडलमा लेडिज, जेन्स बच्चा सबै उमेर र वर्गलाई एउटै छानामुनि उपलब्ध छन् । शिखर शुजको शिखर सुज, रन शुजको रन शुज, स्मार्ट शुजको भेनस, पि.जि. शुजको प्राइड, फुटस्टेपको आइडल, ब्याम्बो शुजको ब्याम्बो र गोल्ड स्टार, बोस शुजको बोस, हिमानी शुजको हिमानी, बनवल्र्डको बनवल्र्ड र पवित्रा शुज इण्ड्रस्ट्रिजको सुल्याण्ड छन् ।

यो फ्याट्री आउट लेट संचालन भएपछि उपभोक्ताहरुलाई अत्यन्त सुलभ मूल्यमा गुणस्तरीय स्वदेशी उत्पादन एउटै छानामुनि उपलब्ध भइरहेको उनले बताए । ‘यो अफरबाट धेरै ग्राहकहरु लाभान्वित हुनेमा हामी विश्वस्त छौं,’ उनले भने ।

You might also like

Comments are closed.