नेपाल फुटवयर म्यानुफ्याक्चरर्स एसोसियसनमा न्यौपाने निर्वाचित

काठमाडौं । नेपाल फुटवयर म्यानुफ्याक्चरर्स एसोसियसनको अध्यक्षमा रुद्र न्यौपाने निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न २२औं साधारणसभाले नयाँ कार्यसमिति निर्वाचित गरेको हो । उपाध्यक्ष बाहेक सबै पदमा सर्वसम्मत भएको हो ।

एसोसिएसनको वरिष्ठ उपाध्यक्ष सुरज बन्जाडे, उपाध्यक्षमा ज्ञानेन्द्रप्रसाद दाहाल, जीवनकुमार श्रेष्ठ, दीपेन्द्र थापा निर्वाचित भएका छन् ।

महासचिवमा योगेन्द्र पाण्डे, उपमहासचिवमा निर्मल भट्टराई, सचिवमा शंकर गौतम निर्वाचित भएका छन् ।

सदस्यमा अशोक कुमार श्रेष्ठ, तोलाप्रसाद पाठक, छवि पौडेल, अर्जुन शर्मा, कुमार न्यौपाने, विष्णु पौडेल, सुदिप बराल, बालमुकुन्द श्रेष्ठ निर्वाचित भएका छन् । निबर्तमान अध्यक्ष नानीराज घिमिरे पदेन सदस्य रहनेछन् ।

You might also like

Comments are closed.

Secret Link