फोर्स मोटर्सले ल्यायो अहिलेसम्मकै ठूलो अफर !

काठमाडौं । फोर्स मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.ले दसैं तथा तिहारलाई लक्षित गरी छुट अफर ल्याएको छ । फोर्स मोटर्र्सले ‘फोर्स मोटर्स दसैं तिहारमा १० अफर’ ल्याएको हो ।

अफर अन्तर्गत गाडीको मूल्यमा १० प्रतिशत नगद छुट, स्पेयर पाट्र्समा १० प्रतिशत छुट प्रदान गरिने महाप्रवन्धक मनोज इटानीले जानकारी दिए । १० पटकसम्म निःशुःल्क सर्भिसिङ प्रदान गरिनेछ भने १० जनालाई लक्की ड्रबाट सामसुङ एफाइभटु मोडलको स्मार्ट फोन उपहार प्रदान गरिनेछ ।

फोर्सको क्रुजर जिप र ट्राभलर माइक्रो बस तथा मिनी बसका कुनै पनि मोडेलका गाडीहरु खरिद गर्दा यो अफर पाउन सकिन्छ । फोर्स मोटर्स नेपालका तर्फबाट अहिलेसम्म कै सबैभन्दा ठूलो अफर ल्याएको इटानीले बताए ।

फोर्स गाडीको प्रत्येक मोडलमा ३ वर्ष वा ३ लाख किलोमिटरसम्मको वारेन्टी सुविधा उपलब्ध छ । फोर्सको शोरुमहरु गैरीधाराचोक काठमाडौं, पोखराको चाउथे, हेटौंडा, इटहरि, चितवन, बिराटनगर, झापा र जनकपुरमा रहेको छ ।

You might also like

Comments are closed.