फोर्स गुर्खाको टेष्ट ड्राईभ क्याम्पियन सुरु

काठमाडौं । केही समय अगाडि मूल्य सार्वजनिक गरी बुकिङ खुल्ला गरेको फोर्स गुर्खाको टेष्ट ड्राईभ क्याम्पियन सुरु भएको छ ।

नेपालमा हिमालय अर्गनाईजेशन अन्तर्गत फोर्स मोटर्सको आधिकारीक आयातकर्ता तथा विक्रेता रहेको आयाम ईन्टरकन्टिनेन्टल प्रा.लि.ले पोखरा चाउथेमा आफ्नै सोरुमवाट टेष्ट ड्राईभ क्याम्पियन सुरु गरेको छ । इच्छुक ग्राहकले फागुन १८ गतेदेखि २० गतेसम्म टेष्ट ड्रईभ गरी गाडीमा रहेका विभिन्न फिचरहरुको अनुभव गर्न पाउने बताईएको छ । पोखरामा रहेको टेष्ट ड्रईभ क्याम्पियन पश्चात नेपालको काठमाण्डौं, चितवन, झापा, ईटहरी लगायत विभिन्न शहरहरुमा टेष्ट ड्रईभ क्याम्पियन संचालन गर्ने कम्पनीले जनाएको छ ।

अफरोड र एड्भेन्चर ट्राभल मन पराउने ग्राहकको लागि लक्षित गरी बनेको फोर्स गुर्खामा विश्व प्रशिद्ध मर्सिडिज बेन्जको २.६ लिटर ईन्जिन, गेयरवक्स र एक्सल जडान गरिएको यस फोर्स गुर्खामा पावरफुल फोर ह्विल ड्राईभ, म्यानुवल डिफ्रेन्सियल लक (अगाडि र पछाडि दुबै एक्सलमा ), ३५ डिग्री ग्रेडिएविलिटी र उच्च ग्राउन्ड क्लियरेन्स भएकोले जस्तो सुकै वाटोमा पनि उपयुक्त रहेको छ । साथै वल्की डिजाईन र वोल्ड लुक्स भएको फोर्स गुर्खामा आकर्शक एल ई डि हेडल्यम्प विथ डि आर यल, टिल्ट एण्ड टेलिस्कोपिक स्टेरिङ्ग,एडभान्स ईन्फोटेन्मेन्ट सिस्टम लक्जरियस पाईलट सिट, कोयल स्पिङ्ग सस्पेन्शन जस्ता आकर्र्षक फिचर रहेका छन् ।

 

 

 

lcci
You might also like

Comments are closed.