पोखरा । केही समय अगाडी मूल्य सार्वजनिक गरी बुकिङ खुल्ला गरेको फोर्स गुर्खा 4x4x4 को टेष्ट ड्राईभ क्याम्पियन पोखरामा उत्साहजनक सहभागिता भएको छ ।
नेपालमा हिमालय अर्गनाईजेशन अन्तर्गत फोर्स मोटर्सको आधिकारीक आयातकर्ता तथा विक्रेता रहेको आयाम ईन्टरकन्टिनेन्टल प्रा.लि.ले पोखरा चाउथेमा आफ्नै सोरुमवाट टेष्ट ड्राईभ क्याम्पियन सुरु गरेको पहिलो दिन अर्थात फागुन १८ गते उत्साहजनक रुपमा २६ जना सहभागी भई टेस्ट ड्राईभ गरी यसका विशेषताहरुको भरपुर आनन्द लिएका छन् । टेष्ट ड्राईभ क्याम्पियनमा उत्साहजनक सहभागी ग्राहकको फोर्स गुर्खा 4x4x4 प्रतिको आकर्षण बढेको बताइएको छ ।
इच्छुक ग्राहकले फाल्गुन २० गतेसम्म पोखरामा टेष्ट ड्रईभ गरी गाडीमा रहेका विभिन्न फिचरहरुको अनुभव लिन पाउनेछन् । पोखरामा रहेको टेष्ट ड्रईभ क्याम्पियन पश्चात नेपालको काठमाडौं , चितवन, झापा, ईटहरी लगायत विभिन्न शहरहरुमा टेष्ट ड्रईभ क्याम्पियन संचालन गर्ने कम्पनीले जानकारी दिएको छ ।
Comments are closed.