‘फोर्स मोटर्स दशैं आर्शिवाद’ अफर सार्वजनिक, यस्ता छन् विशेषता र छुटहरु

काठमाडौं । फोर्स मोटर्सको आयतकर्ता हिमालय अर्गनाइजेशन अन्तर्गत आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.ले दशैं र तिहारको अवसरमा ग्राहकलाई ध्यानमा राखी दशैं आर्शिवाद उपहार योजना सार्वजनिक गरेको छ । अफर अन्तर्गत फोर्समोटर्सको १४ सिट क्षमता भएको ट्राक्सक्रुजर जीप खरिदमा ९ महिनासम्म किस्ता व्याज तिर्न नपर्ने, ९ लाख रुपैयाँ मात्र डाउन पेमेन्टमा गाडि निकाल्न मिल्ने, अथवा स्क््रयाच कुपन मार्फत २ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म पक्का मध्ये कुनै एक अफर ग्राहकले रोज्न सक्नेछन् ।

ट्राक्स कार्गोकिङ पिक अपको खरिदमा ८ महिनासम्म किस्ता ब्याज तिर्न नपर्ने, ५ लाख ५० हजार रुपैयाँ मात्र डाउन पेमेन्टमा गाडी निकाल्न मिल्ने अथवा स्क्र्याच कुपन मार्फत १ देखि ५ लाख रुपैयाँसम्म पक्का मध्ये कुनै एक अफर ग्राहकले रोज्न पाउने हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापाले आर्थिक आवाजलाई जानकारी दिए ।

Traveller (T2) 26 सिट क्षमता भएको मिनीबसको खरिदमा ७ महिनासम्म किस्ता ब्याज तिर्न नपर्ने, १२ लाख रुपैयाँ मात्र डाउन पेमेन्टमा गाडि निकाल्न मिल्ने अथवा स्क्र्याच कुपन मार्फत २ देखि ६ लाख रुपैयाँसम्म पक्का मध्ये कुनै एक अफर रोज्न पाइने निर्देशक निरन केसीले जानकारी दिए ।

बिगत ७ वर्षदेखि फोर्स मोटर्सले नेपालमा आफ्नो आधिकारिक आयत कर्ता/विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.लि. मार्फत आफ्ना गाडीहरुको विक्रि वितरण गर्दै आइरहेको छ । कम्पनीले सबै भन्दा धेरै सिट क्षमताको जिप (१४ सिट) र ३ बर्ष वा ३ लाख कि.मि. को इन्जिन वारेन्टि भएको मर्सिडिज बेन्ज इन्जिन जडित चिप तथा पिक अप, डेलिभरी भ्यान, बस आदि गाडिहरुको आयात तथा विक्रि वितरण गर्दै आएको हिमालय अर्गनाइजेसनका महाप्रवन्धक मनोज इटनीले जानकारी दिए ।

आयाम इन्टरकन्टिनेन्टलले काठमाण्डौंको गैह्रिधारा, पोखराको चाउथे, सुन्सरीको इटहरी, मकवानपुरको हेटौंडामा आफ्नै शोरुम संचालनमा ल्याएको छ । स्थानीय डिलरको रुपमा चितवनको भरतपुरमा, झापाको विर्तामोडमा, धनुषाको जनकपुरमा डिलर मार्फत फोर्सको विभिन्न मोडेलका गाडिहरु बिक्री वितरणमा ल्याइरहेको छ । यी शोरुममा बिक्री पछिका सेवाहरु सहितको सुविधा रहेको इटनीले जानकारी दिए ।

lcci
You might also like

Comments are closed.