काठमाडौं । चालु आर्थिक वर्ष २०८|८२ को नौ महिनामा मुलुकको आयात र निर्यात दुवैमा वृद्धि देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चैत मसान्तसम्म आयात १२.१८ प्रतिशतले बढ्दा, निर्यातमा ६५.१६ प्रतिशतकोले वृद्धि भएको छ।
चालु आवको चैत मसान्तसम्म नेपालले १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। सोही अवधिमा निर्यात १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको यही अवधिमा आयात ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ र निर्यात १ खर्ब १३ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो।
व्यापार घाटा अझै बढ्दो
आयात र निर्यात दुवै बढे पनि व्यापार घाटा भने अझै घट्न सकेको छैन। चालु आवको नौ महिनामा नेपालले ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ व्यापार घाटाको तुलनामा ६.४५ प्रतिशतले बढी हो।
कुल वैदेशिक व्यापारमा दोहोरो अंकको वृद्धि
विभागका अनुसार चालु आवको नौ महिनामा मुलुकको कुल वैदेशिक व्यापार १६.८९ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको यसै अवधिमा वैदेशिक व्यापार १२ खर्ब ८१ अर्ब रुपैयाँ रहेकोमा हाल यो आंकडा १४ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ।
Comments are closed.