नेपालको वैदेशिक व्यापारमा १९.२४ प्रतिशत वृद्धि, निर्यातले रच्यो ऐतिहासिक कीर्तिमान

काठमाडौं  । नेपालले आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक व्यापारमा उल्लेखनीय वृद्धि गर्दै ऐतिहासिक उचाइ कायम गरेको छ । भन्सार विभागद्वारा प्रकाशित तथ्यांक अनुसार देशको कुल वैदेशिक व्यापार १९.२४ प्रतिशतले वृद्धि भएको छ भने निर्याततर्फ ऐतिहासिक कीर्तिमान कायम भएको छ ।

निर्यातमा ८२ प्रतिशत वृद्धि

गत वर्ष नेपालले २ खर्ब ७७ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको १ खर्ब ५२ अर्ब रुपैयाँको तुलनामा ८१.८० प्रतिशतले वृद्धि हो। निर्यात वृद्धिमा भटमास र सोयाबिन तेल प्रमुख निर्यात वस्तुका रूपमा देखिएका छन् । महिनावार निर्यात विवरणमा  साउन: १२.२२ अर्ब, भदौ: २५.०९ अर्ब, असोज: ३८.३७ अर्ब, कात्तिक: ५२.६७ अर्ब, मंसिर: ७३.६५ अर्ब, पुस: ९८.७८ अर्ब, माघ: १ खर्ब २७.२० अर्ब, फागुन: १ खर्ब ५८.१७ अर्ब, चैत: १ खर्ब ८८.१९ अर्ब, वैशाख: २ खर्ब १७.९१ अर्ब, जेठ: २ खर्ब ४७.५७ अर्ब देखिएको छ ।

आयातमा पनि साढे १३ प्रतिशत वृद्धि

वस्तु आयात पनि अघिल्लो वर्षको तुलनामा १३.२५ प्रतिशतले वृद्धि भएको छ। कुल आयात १८ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ।
महिनावार आयात विवरणमा साउन: १ खर्ब २८ अर्ब, भदौ: १ खर्ब ३४ अर्ब, असोज: १ खर्ब २८ अर्ब, कात्तिक: १ खर्ब २२ अर्ब,मंसिर: १ खर्ब ४८ अर्ब, पुस: १ खर्ब ६१ अर्ब, माघ: १ खर्ब ६६ अर्ब, फागुन: १ खर्ब ५७ अर्ब, चैत: १ खर्ब ६४ अर्ब, वैशाख: १ खर्ब ६४ अर्ब ६५ करोड, जेठ: १ खर्ब ७० अर्ब, असार: १ खर्ब ६० अर्ब देखिएको छ ।

कुल वैदेशिक व्यापार २० खर्ब नाघ्यो

आर्थिक वर्ष २०८१/८२ मा नेपालले कुल २० खर्ब ८१ अर्ब १५ करोड २९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.२४ प्रतिशत बढी हो ।

यद्यपि निर्यातले ऐतिहासिक फड्को मारे पनि व्यापार घाटा बढ्दो क्रममा छ । गत वर्ष नेपालले ५ खर्ब २७ अर्ब ९ करोड २५ लाख रुपैयाँको व्यापार घाटा व्यहोरेको छ, जुन अघिल्लो वर्षको १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँको तुलनामा ६ प्रतिशतले बढी हो ।

निर्यात वृद्धिले उत्साहजनक संकेत दिए पनि अझै व्यापार घाटा घटाउने दीर्घकालीन रणनीति आवश्यक देखिन्छ । उत्पादनशीलता अभिवृद्धि, निर्यातको विविधीकरण र आयात प्रतिस्थापन रणनीति अगाडि बढाउन सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य देखिन्छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.