काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको कुल ३ लाख ६० हजार कित्ता संस्थापक शेयर लिलामी प्रक्रियामार्फत बिक्रीका लागि खुला गरिएको छ ।
संस्थापक समूहको हिस्साबाट बिक्रीमा आएको यस शेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक शेयरधनीसँगै अन्य इच्छुक व्यक्ति तथा संस्थाले पनि बोलपत्र पेश गर्न सक्नेछन् ।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७० रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले बोलपत्र पेश गर्ने क्रममा सो दर वा सो भन्दा बढी मूल्य उल्लेख गर्नुपर्नेछ ।
बोलपत्र पेश गर्ने न्यूनतम आवेदन १ हजार कित्ताका लागि गर्नुपर्नेछ भने अधिकतम आवेदनका लागि १०० अंकले भाग जाने गरी दर तोक्न सकिने व्यवस्था छ ।
शेयर खरिदका लागि कात्तिक २३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लगानीकर्ताले बोलपत्र काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटल लिमिटेडमा बुझाउनुपर्नेछ ।








Comments are closed.