काठमाडौं । फोटोन मोटर्सले ग्राहकको सुविधालाई मध्यनजर गर्दै विशेष छुटसहित दसैं अफर ल्याएको छ । ‘सेभ टनाटन अर्न टनाटन’ स्लोगन सहित फोटोनका लागि नेपालको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रा.लि.ले यो अफर ल्याएको हो ।
कम्पनीले सार्वजनिक गरेको अफर अन्तर्गत फोटोन भ्यान भ्यु सीएस२ एलको खरिदमा तीन महिनासम्म किस्ता तिर्नु नपर्ने सुविधा ग्राहकलाई प्रदान गरिनेछ । ८० प्रतिशतसम्म फाइनान्स सुविधा तथा २ लाख ५० हजार रुपैयाँसम्म छुट प्रदान हुने कम्पनीले जनाएको छ । ग्राहकले मात्र १२ लाख रुपैयाँको डाउनपेमेन्टमा गाडी किन्न सक्नेछन् ।
त्यसैगरी १ वर्षको लागि निःशुल्क बिमा र १ वर्षको लागि निःशुल्क रोड ट्याक्सको सुविधासमेत कम्पनीले उपलब्ध गराएको छ । ‘कोरोना महामारीको समयलाई मध्यनजर गरी ग्राहकको सेवा सुविधालाई मध्यनजर गरी यो विशेष अफर ल्याएका हौं,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो छुटबाट हाम्रा ग्राहकलाई विशेष लाभ मिल्ने विश्वास लिएका छौं ।’
छुटको अवसरलाई धेरै ग्राहकले सदुपयोग गर्ने र भ्यान बुकिङ तथा बिक्री बढ्ने विश्वास कम्पनीले लिएको छ । कम्पनीका अनुसार हाल १९–सिट क्षमताको भ्यान भ्यु सीएस२ एलमा यो छुट उपलब्ध छ । पिकअप टुनल्यान्डको लागि पनि छिट्टै दसैं अफर ल्याउने कम्पनीको योजना छ ।






Comments are closed.