बुटवलमा फोटोन मोटर्सको नयाँ शोरुम उद्घाटन

बुटवल । फोटोन मोटर्स नेपालले असार १५ गते बुटवलमा आफ्नो नयाँ शोरुमको औपचारिक उद्घाटन गरेको छ । शाखा विस्तारसँगै कम्पनीले नेपालभरी आफ्नो पहुँच विस्तार गर्ने र देशको पश्चिमी भेगका ग्राहकसमक्ष आफ्ना उत्पादन तथा सेवाहरू अझ नजिकै पु¥याउने प्रयासलाई थप मजबुत बनाएको छ ।

व्यापारिक एवं यातायातको प्रमुख केन्द्रका रूपमा रहेको बुटवलमा सञ्चालनमा आएको नयाँ शोरुमले रुपन्देही, पाल्पा, नवलपरासी तथा त्यस आसपासका जिल्लाका ग्राहकलाई सेवा दिने लक्ष्य राखेको छ । यसले उक्त क्षेत्रका सवारीधनी तथा सम्भावित खरिदकर्ताका लागि फोटोनका सेवा र सवारीसाधनहरूमा पहुँच अझ सहज बनाउने विश्वास गरिएको छ ।

असार १५ गते आयोजित औपचारिक उद्घाटन समारोहमा एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बराल र फोटोन नेपालका कन्ट्री म्यानेजर श्री साइरसले संयुक्त रूपमा रिबन काटेर शोरुमको उद्घाटन गरे ।

बुटवलको मणिग्राममा स्थापना गरिएको नयाँ शोरुम पूर्ण थ्रिएस (सेल्स, सर्भिस र स्पेयर पाट्र्स) सुविधासहित सञ्चालनमा आएको हो । एउटै स्थानबाट सवारी बिक्री, आफ्टर सेल्स सर्भिस तथा जेन्युइन स्पेयर पाट्र्स उपलब्ध गराइने भएकाले ग्राहकले टाढाका अन्य शहर धाउनुपर्ने झन्झटबाट राहत पाउनेछन् । यसरी ग्राहकलाई सहज, भरपर्दो र निरन्तर सेवा अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य छ । ‘शोरुमको उद्घाटनसँगै फोटोनका ग्राहकलाई केवल गाडी किन्ने समयमा मात्र होइन, त्यसको सम्पूर्ण उपयोग अवधिभर साथ र सेवा उपलब्ध गराउने भरपर्दो सेवा सञ्जाल निर्माण गर्ने फोटोनको प्रतिबद्धता झल्काएको छ,’ एमएडब्लु वृद्धी कमर्सियल भेहिकल्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बरालले भने ।

उनले बुटवल शोरुम केवल व्यापार विस्तार मात्र नभई नेपालभरीका कम्युनिटीमा कम्पनीले गरेको दीर्घकालीन लगानीको प्रतीक भएको बताए । उनले प्रत्येक टचपोइन्टमा गुणस्तर र विश्वासलाई प्राथमिकता दिने कम्पनीको प्रतिबद्धता दोहो¥याए । बुटवल शोरुमको उद्घाटनसँगै फोटोन मोटर्स नेपालले आफ्ना ग्राहक जहाँ छन्, त्यहीँ पुगेर उनीहरूको आवश्यकता सुन्ने र देशभरीको सेवा तथा विश्वसनीयताको स्तरलाई निरन्तर उकास्दै लैजाने प्रतिबद्धता गर्न सफल भएको बराल बताउँछन् ।

एमएडब्लु वृद्धी कमर्सियल नेपालमा व्यावसायिक सवारीसाधन आपूर्ति गर्ने कम्पनी हो, जसले उत्कृष्ट मोबिलिटी सोलुसनहरू विकास गर्ने र उपलब्ध गराउने लक्ष्य राखेको छ । कम्पनी फोटोन भेहिकल्सको आधिकारिक वितरक हो र विश्वसनीयता, कार्यक्षमता तथा ग्राहक सन्तुष्टिलाई आफ्नो मुख्य प्राथमिकता मान्दै आएको छ ।

 

You might also like

Comments are closed.