काठमाडौं । नाडा अटो शो २०२५ मा फोटोन टुनल्यान्ड, माउन्टेन ईभी भ्यान, टिएम१ र सोकोन ईभी भ्यानहरू खरिदमा विशेष छुट प्राप्त हुने भएको छ । कम्पनीले ६ दिनसम्म चल्ने अटो शोका लागि विभिन्न अफर, विशेष छुट र भ्यालु प्याकेजहरू घोषणा गरेको हो ।
‘आकर्षक प्राइस इन्सेन्टिभ, गुणस्तरीय उपहार र सर्भिस सहित गाडी किन्ने प्रक्रियालाई पहिले भन्दा अझै किफायती बनाइनेछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
चारै मोडेलहरूमा आकर्षक छुट दिइएको छ । जसमा केही विशेष मूल्यहरू भने केवल प्रदर्शनी मै सार्वजनिक हुने बताइएको छ । टिएम१ को मूल्य ३३ लाख ७४ हजारबाट घटाएर २६ लाख ९९ हजार रुपैयाँ मात्रै कायम गरिएको छ । त्यस्तै, माउन्टेन ईभी र सोकोन ईभी भ्यानले पनि विशेष छुट र अफरहरू ल्याएका छन् ।
फोटोन टुनल्यान्ड पिकअपले आकर्षक छुटको घोषणा गर्ने तयारी गरेपछि सार्वजनिक गरिसकेको छैन ।
नाडामा फोटोन माउन्टेन ईभी, फोटोन टिएम१ वा सोकोन ईभी भ्यान बुक गर्ने ग्राहकलाई बुकिङ ग्याजेट, १ वर्षको फुल इन्स्योरेन्सका साथमा अटोप्लस र क्यासलेस इन्स्योरेन्स ग्यारेन्टीका साथ प्राप्त हुनेछ ।
साथै, खरिद प्रक्रियालाई सरल बनाउन तीनै मोडेलमा सजिलै उपलब्ध हुने फाइनान्स सुविधा पनि रहनेछ । जसले गर्दा ग्राहकले ढिला नगरी आफ्नो मनपर्ने गाडी लिन सक्ने छन् ।
यी संयुक्त अफरहरू बाहेक, हरेक ब्रान्डले आफ्नै थप आकर्षक अफरहरू पनि दिएका छन् । फोटोन टुनल्यान्ड पिकअप किन्नेलाई ट्राङक्विलिटी स्पा एक्सपिरियन्स वा भाटभटेनीको २५ हजारको शपिङ कुपन उपलब्ध हुनेछ । ३ वर्षसम्म पाट्र्स सहितको प्रिभेन्टिभ मेनटेनेन्स सर्भिस (पिएमएस) सेवा र ड्राइभर परिवारको स्वास्थ्य बीमा उपलब्ध हुनेछ । माउन्टेन ईभी भ्यानमा छुट सहित हरेक खरिदमा ५५ इन्च स्मार्ट टिभी, पाट्र्ससहित ५ पटकसम्म निःशुल्क सर्भिसिङ र एक सेट फ्रन्ट ब्रेक सुज उपलब्ध हुनेछ । सोकोन ईभी भ्यानले पनि हरेक खरिदमा आकर्षक छुटसँगै ५५ इन्च स्मार्ट टिभी प्रदान गर्नेछ ।
यी उपहारहरू, विस्तारित सर्भिस प्याकेज, इन्स्योरेन्स र सजिलो फाइनान्स सुविधाले गाडीमात्र नभई सम्पूर्ण गाडी खरिद अनुभवलाई अझ सुखद बनाउने छन् ।
नाडा अटोशो २०२५मा गएर फोटोनको स्टल ए७ मा टुनल्यान्ड पिकअप, स्टल जे४ मा फोटोन माउन्टेन ईभी र टिएम १ एवं म्स्टल जे६ मा गएर सोकोन ईभी भ्यानको अवलोकन गर्न कम्पनीले सबैमा आग्रह गरेको छ ।
Comments are closed.