काठमाडौं । बिगत ७ वर्षदेखि काठमाडौंको लाजिम्पाटस्थित नर्सरी गल्लीमा आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा प्रदान गर्दै आएको ‘फोर रेड डोर्स सर्भिस अपार्डमेन्ट’ले सेवा विस्तार गरेको छ । फोर रेड डोर्स सर्भिस अपार्डमेन्टले दोस्रो शाखा नयाँबजारस्थित सोह्रखुट्टेमा निर्माण गरेका हो ।
अपार्टमेन्ट निर्माणको सम्पूर्ण काम सकेर फिनिसिङको काम अन्तिम चरणमा पुगेको सञ्चालक उर्मिला थापाले जानकारी दिइन् । ५ तलाको सर्भिस अपार्टमेन्ट आगामी महिनादेखि दसैं लगत्तै पर्यटक राख्न तयार हुने थापाले बताइन् ।
फुल फर्निसिङसहित डेकोरेसन गरिएको अपार्टमेन्टमा पाहुनालाई आवश्यक सम्पूर्ण सेवा उपलब्ध हुनेछ । ‘अपार्टमेन्टमा बस्ने पर्यटकले खाने कुरा आफै बनाउनुपर्नेछ,’ उनले भनिन्, ‘बेड, किचन वयर लगायत अन्य सम्पूर्ण सुविधा अपार्टमेन्टमै हुन्छ ।’
मुख्य गरी विदेशी पर्यटक, एनजिओ, आइएनजिओका कर्मचारी, एम्बेसीका प्रतिनिधिलाई लक्षित गरी अपार्टमेन्ट निर्माण गरिएको बताउँछन् सञ्चालक शिशीर केसी । ‘पाहुनाले आफ्नो इच्छा अनुसार छोटो र लामो समय अपार्टमेन्टमा बस्न सक्नुहुनेछ,’ उनले भने ।
अन्तर्राष्ट्रिय स्तरकोे सुविधा सम्पन्न सर्भिस अपार्टमेन्ट निर्माणमा करिब ४ करोड रुपैयाँ लगानी भएको बताइएको छ । अपार्टमेन्ट बुकिङ सुरु भइसकेको केसीले जानकारी दिए । पहिलो प्रोजेक्ट काठमाडौं लाजिम्पाटकोे अर्पाटमेन्टको सफलतासँगै दोस्रो शाखा विस्तार गरिएको केसीले बताए । ‘लाजिम्पाटमा सञ्चालित अपार्टमेन्टमा पाहुनाको आकर्षण देखिएकोे छ,’ थापाले भने, ‘दोस्रो अपार्टमेन्टमा पनि बुकिङ राम्रो हुनेमा हामी विश्वस्त छौं ।’
Comments are closed.