फ्रन्टलाइन अस्पतालको आयोजनामा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न

फ्रन्टलाइन अस्पतालले महिलाको स्वास्थ्य, सचेतना तथा जीवनका विभिन्न चरणमा देखिने स्वास्थ्यसम्बन्धी समस्याबारे जानकारी प्रदान गर्ने उद्देश्यले असोज १४ गते ‘द जर्नी अफ वुमेन्स’ (The Journey of Women’s) कार्यक्रम सम्पन्न गरेको छ।

महिलाको स्वास्थ्यसँग सम्बन्धित विभिन्न विषयमा विशेषज्ञ चिकित्सकहरूबाट जानकारी तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा स्त्रीरोग, पेल्भिक फ्लोर स्वास्थ्य, पिसाबसम्बन्धी समस्या तथा रजोनिवृत्तिका विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमको उद्घाटन तथा स्वागत मन्तव्य दिँदै फ्रन्टलाइन अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. अशोकवर्धनले उपस्थित सम्पूर्ण अतिथि, वक्ता तथा सहभागीहरूलाई स्वागत गए । उनले अस्पतालले महिला स्वास्थ्यलगायत विभिन्न समूह लक्षित स्वास्थ्य सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिए।

युवालाई लक्षित गरी स्वास्थ्यसम्बन्धी छलफल गर्ने क्रममा मानसिक स्वास्थ्यको आवश्यकता र महत्व महसुस भएको उल्लेख गर्दै उनले महिलाको स्वास्थ्यलाई पनि विशेष प्राथमिकतामा राखेर ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम आयोजना गर्ने सोच विकास भएको बताए। महिलाको स्वास्थ्यसम्बन्धी विविध विषयमा खुला छलफल, विशेषज्ञ परामर्श तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुरु गरिएको यस कार्यक्रमलाई आगामी दिनमा पनि फरक–फरक विषयवस्तुसहित निरन्तरता दिने अस्पतालको योजना रहेको उनले जानकारी दिए।

कार्यक्रमको सञ्चालन डा. सृष्टि धुतराजले गरेकी थिइन् । उनले कार्यक्रमलाई सहज, व्यवस्थित र रोचक ढंगले अगाडि बढाउँदै विशेषज्ञ चिकित्सकहरूका प्रस्तुति तथा अन्तरक्रियात्मक सत्रहरूलाई सहजीकरण गरेकी थिइन् । कार्यक्रममा चार जना विशेषज्ञ चिकित्सकहरूले महिलाको स्वास्थ्यसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रस्तुति दिएकी थिइन् ।

डा. निरा सिंह श्रेष्ठले कस्मेटिक गायनोकोलोजी तथा पेल्भिक फ्लोर ९ऋयकmभतष्अ न्थलभअययिनथ बलम एभखिष्अ ँयियच० सम्बन्धी विषयमा आफ्नो विशेषज्ञता, अनुभव तथा महत्वपूर्ण जानकारी प्रस्तुत गरिन् । उनको प्रस्तुतिले महिलाको प्रजनन तथा पेल्भिक फ्लोर स्वास्थ्यसम्बन्धी विषयमा सहभागीहरूलाई थप जानकारी प्रदान गरेको थियो।

त्यसैगरी, डा. उदिता मिश्रले ओभरएक्टिभ ब्लाडर ९इखभचबअतष्खभ द्यबिममभच० अर्थात् अति सक्रिय मूत्राशयसम्बन्धी समस्याका कारण, लक्षण तथा व्यवस्थापनका विषयमा जानकारी दिनुभयो। उहाँले यस समस्याबारे सचेतना र समयमै स्वास्थ्य परामर्शको महत्वबारे प्रकाश पारिन् ।

डा अमिता राजेश्वरी थापाले पिसाब चुहिने समस्या तथा यसको उपचारात्मक हस्तक्षेप ९क्ष्लतभचखभलतष्यलक ष्ल ग्चष्लबचथ क्ष्लअयलतष्लभलअभ० सम्बन्धी विषयमा प्रस्तुति दिँदै महिलामा देखिने पिसाब चुहिने समस्याको पहिचान, उपचारका विकल्प तथा व्यवस्थापनका विषयमा आफ्नो विशेषज्ञता साझा गरिन् ।

त्यस्तै, डा. उना पन्तले रजोनिवृत्ति सम्बन्धी विषयमा जानकारी दिँदै महिलाको जीवनमा रजोनिवृत्तिको चरणमा देखिने शारीरिक तथा स्वास्थ्यसम्बन्धी परिवर्तन, त्यसको व्यवस्थापन र यस अवधिमा आवश्यक स्वास्थ्य सचेतनाबारे आफ्नो अनुभव तथा ज्ञान प्रस्तुत गरिन् ।

कार्यक्रममा सहभागी महिलाहरूले विशेषज्ञ चिकित्सकहरूसँग महिलाको स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा जानकारी लिने तथा आफ्ना जिज्ञासा राख्ने अवसर प्राप्त गरेका थिए। यस प्रकारका कार्यक्रमले महिलालाई आफ्नो स्वास्थ्यप्रति सचेत बनाउनुका साथै स्वास्थ्यसम्बन्धी विषयमा खुलेर छलफल गर्ने वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास अस्पतालले लिएको छ।

कार्यक्रमको सफलताका लागि उपस्थित सम्पूर्ण महिला सहभागी, आमन्त्रित अतिथि तथा विशेषज्ञ चिकित्सकप्रति फ्रन्टलाइन अस्पतालले हार्दिक आभार व्यक्त गरेको छ। सहभागीहरूको उत्साहजनक उपस्थिति, सक्रिय सहभागिता र सकारात्मक प्रतिक्रियाले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको अस्पतालले जनाएको छ।

महिलाको स्वास्थ्य, सचेतना र सशक्तीकरणलाई प्राथमिकतामा राख्दै फ्रन्टलाइन अस्पतालले ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रमलाई आगामी दिनमा पनि विभिन्न स्वास्थ्य विषय वस्तुमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

 

You might also like

Comments are closed.