नेपाल आयल निगमले इन्धनको मूल्य घटायो

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । नयाँ मूल्य सोमबार बिहानदेखि लागू भएको निगमले जनाएको छ।

निगमका अनुसार, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाइएको छ। त्यस्तै, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि प्रतिलिटर ७ अमेरिकी डलरले मूल्य घटाइएको हो।

यद्यपि पेट्रोलको मूल्य भने यथावत् रहेको छ। हाल पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर १६१ रुपैयाँ, सुर्खेत र दाङमा १६० रुपैयाँ, तथा चारआली, विराटनगर, अमलेखगञ्ज, जनकपुर, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा कायम गरिएको छ।

You might also like

Comments are closed.