नेपाली उद्यमीले स्थापना गरेको फ्युजमेसिन्स अमेरिकी नास्डकमा सूचीकृत

काठमाडौं  । नेपाली मूलका उद्यमी डा. समीर मास्केले स्थापना गरेको सूचना प्रविधि कम्पनी फ्युजमेसिन्स अमेरिकी शेयरबजार नास्डकमा सूचीकृत भएको छ। कम्पनीले बिहीबारदेखि ‘फ्युज’ नाममा कारोबार सुरु गरेको हो ।

करीब २० करोड अमेरिकी डलर मूल्यका साथ सूचीकृत फ्युजमेसिन्सले कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी प्रविधिमा काम गर्दै आएको छ । कम्पनीमा हाल ३५० कर्मचारी कार्यरत छन्, जसमध्ये २६० जना नेपालमा रहेका छन् ।

कम्पनीका सीईओ डा. मास्केले नास्डक सूचीकृत भएको दिनलाई “नवीनता र कार्यान्वयनप्रतिको अटल प्रतिबद्धताको प्रतीक” भन्दै यसलाई फ्युजमेसिन्सको नयाँ अध्यायको सुरुवात भनेका छन् ।

सन् २०१३ मा स्थापना भएको कम्पनीले उत्पादन नवप्रवर्तन, ग्राहक विस्तार र रणनीतिक लगानीमा केन्द्रित हुने जनाएको छ । फ्युजमेसिन्सका कार्यालयहरू उत्तरी अमेरिका, एसिया र ल्याटिन अमेरिकामा रहेका छन् ।

You might also like

Comments are closed.