फ्युचर पोइन्ट विद्यार्थीको फ्यचुर बनाउन प्रतिबद्ध छ

रोमा कुँवर, प्रवन्ध निर्देशक, फ्युचर पोइन्ट एजुकेशन कन्सल्टेन्सी पोखरा

पोखराको चिप्लेढुंगामा रहेको फ्युचर पोइन्ट एजुकेशन कन्सल्टेन्सीले उच्च शिक्षा अध्ययनका लागि क्यानडा जाने विद्यार्थीलाई परामर्श लगायत आवश्यक सेवा उपलब्ध गराउँदै आइरहेको छ । एउटैमात्रै देशलाई लक्षित गर्दै सेवा प्रदान गरिरहेको फ्युटर पोइन्ट क्यानडा लक्षित कन्सल्टेन्सीहरु मध्य अग्रणी पहिचान बनाउन सफल छ । जहाँ विद्यार्थीको आकर्षण पनि देखिदै आएको छ । कन्सल्टेन्सीका सञ्चालक रोमा कुँवरले ह्युमेन रिसोर्स म्यानेजमेन्ट र साइकोलोजीमा मास्टर्ससमेत गरिसकेकी छन् । पोखरामा रहेर क्यानडालाई चिनाउन सफल कुँवरसँग क्यानडाको उच्च शिक्षा लगायत फ्युचर पोइन्टमा केन्द्रित रहेर गरिएको कुराकानीः

फ्युचर पोइन्ट एजुकेशन कन्सल्टेन्सी कहिलेदेखि संचालनमा आयो ?

लामो समयदेखि पोखराको चिप्लेढुङ्गामा फ्युचर पोइन्ट सञ्चालनमा छ । उच्च शिक्षा अध्ययनका लागि क्यानडा जान चाहने विद्यार्थीलाई लक्षित गरि फ्युचर पोइन्ट सञ्चालनमा ल्याएका हौं । फ्युचर पोइन्ट भनेको विद्यार्थीको फ्यचुर बनाउने ठाउँ बन्नुपर्छ भनेर हामी अगाडि बढिरहेका छौं । यही प्रतिबद्धतासहित हामीले परामर्श लगायत सेवा प्रदान गरिरहेका छौं ।

jutta mela

क्यानडालाई नै लक्षित गरि कन्सल्टेन्सी संचालन गर्ने सोच कसरी आयो ?

पहिला विद्यार्थी क्यानडा जाने चलन खासै थिएन । मैले पोखराको मार्केट अध्ययन गर्दा के भेटेँ भने विद्यार्थीको रोजाईमा अष्ट्रेलिया लगायतका विभिन्न देश पर्ने तर क्यानडा नपर्ने रहेछ । क्यानडा जानका लागि भिजा लाग्दैन, भिजा छैन र भएपनि भिजा पाउन अप्ठ्यारो छ, किन रिस्क लिने भनेर विद्यार्थीमा भ्रम रहेको र ट्राइ नै नगर्ने गरेको भेटँे । मैले जहाँ रिस्क छ त्यहाँ गेन छ भनेर विद्यार्थीका समस्या समाधानका लागि काम गर्न सुरु गरेको हुँ । विद्यार्थीका लागि कुन देश राम्रो छ, पिआर प्रोसेस कहाँको कस्तो छ, विद्यार्थीका लागि कहाँ राम्रो हुन्छ, कुन देशमा पढाई राम्रो छ सबै कुरा हेर्दा क्यानडा राम्रो लागेर मैले रिस्क लिएको हुँ । मैले पैसा भन्दा पनि विद्यार्थीलाई सहि तरिकाले मार्गदर्शन गर्न सकियोस र सहज होस् भनेर कन्सल्टेन्सी संचालन गरेको हुँ । म आफ्नो पढाईसँगै तथा पढाई सकेपछि काउन्सिलर भएर काम गरेँ त्यसकारण पनि विद्यार्थीसँग म धेरै नजिक छु ।

विद्यार्थीलाई क्यानडा पठाउन के कस्ता समस्या छन् ?

क्यानडाको हाइ कमिसन इण्डियामा छ । नेपालमा नभएका कारण पनि विद्यार्थीलाई अप्ठ्यारो भएको हो । विद्यार्थीले एप्लाई नगर्ने भएकाले भिजा रेसियो पनि थिएन । अहिले नेपाली विद्यार्थी आउन थाले भनेर उनीहरुले नै भिजा दिन थाले । ५ वर्ष पहिलासम्म कन्ट्रिवाइज हुने कोटा पनि पुरा नभएको अवस्था थियो । अहिले कोटा हामीले नै धेरै पाउछौं जस्तो लाग्छ । पोखरामा एनओसीको सुविधा छैन, मेडिकलको सुविधा छैन यसले असहज बनाएको छ । विद्यार्थीलाई सहज हुनेगरी वातावरण तयार गर्नु आवश्यक छ ।

अध्ययनका लागि क्यानडा जान चाहने विद्यार्थी फ्युचर पोइन्टमा नै किन आउने ?

हामीले विद्यार्थीले अध्ययन गर्न चाहेको कोर्ष विद्यार्थीको स्तर, क्षमता तथा दक्षता हेरेर परिवार कै सदस्यसहित कलेज तथा युनिभर्सिटी छनोट गर्न लगाउँछौं र सहजीकरण गर्छौं । विद्यार्थीको पढाई राम्रो छ भने स्कलरसिपको अवसर पनि आउँछ । हामीसँग धेरै राम्रो अनुभवी टिम छ । काउन्सिलिङ, डकुमेन्टेसन, आइएलटिएसका लागि डेट बुकिङ, मेडिकल बुकिङ, लगायतका कामलाई हामी सहज तरिकाले सहजीकरण गर्छौं । शुरुमा विद्यार्थीलाई क्यानडाका बारेमा केही कुराको जानकारी नहुँदा पनि मैले रिस्क लिएर क्यानडाका लागि काम शुरु गरेँ । विद्यार्थीको सहजताका लागि नै काम गरेको हो । हामीले विद्यार्थीलाई पहिलो प्राथमिकता दिन्छौं । विद्यार्थीलाई क्यानडा गएपछि आउन सक्ने समस्या समाधानका वारेमा पनि हामी सुझाव दिन्छौं । विद्यार्थीले पैसा कमाउन भन्दा पनि आफ्नो अध्ययनलाई प्राथमिकतामा राखेर जानुपर्छ ।

विद्यार्थीलाई क्यानडा कत्तिको सहज छ ?

क्यानडा विकसित देशमा पर्छ । आफ्नो अध्ययन सकेपछि क्यानडामा विद्यार्थीलाई प्रशस्त अवसर छन् । पिआर प्रोसेस पनि सजिलो छ । मेडिकल फ्यासिलिटी राम्रो छ । बच्चाहरुलाई एजुकेसन फ्रि छ । भविष्य राम्रो देखेर नै विद्यार्थीहरु क्यानडामा आकर्षित हुने क्रम बढेको हो ।

फ्युचर पोइन्टमार्फत क्यानडा गएका विद्यार्थीबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

हामीमार्फत क्यानडा गएका विद्यार्थीबाट हामीले सकारात्मक प्रतिक्रिया पाएका छौं । जसले हामीलाई थप उत्साह तथा ऊर्जा मिलेको छ । हामीमार्फत नगएका विद्यार्थी पनि त्यहाँ हामीले पठाएका विद्यार्थीसँग भेटिएपछि अरुलाई फ्युचर पोइन्टमा जान सल्लाह दिने गरेको हामी पाउछौं । यो नै हाम्रो लागि सफलता हो ।

अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई के भन्नुहुन्छ ?

विद्यार्थीले अध्ययनका लागि विदेश जानुभन्दा पहिला रिसर्च गर्नुपर्छ । विद्यार्थी आफूले रिसर्च नगर्ने र पुरै कन्सल्टेन्सीको भर पर्ने गरेको पाइन्छ, त्यो राम्रो होइन । आफू जान चाहेको देशमा कलेज तथा युनिभर्सिटीको अवस्था कस्तो छ, आफूले अध्ययन गर्ने कोर्ष कस्तो छ, फि स्टक्चर परिवारले धान्न सक्ने खालको छ कि छैन सबै कुरा हेर्नुपर्छ । कतिपय विद्यार्थी अरुको कुरा सुनेको भरमा विदेश जाने गरेको पाइन्छ त्यसरी जाँदा गर्दा आफैलाई अप्ठ्यारो हुन्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

फ्युचर पोइन्टले स्थापनादेखि आजसम्म क्यानडा लक्षित गरेर मात्रै सेवा दिएको छ । क्यानडाका लागि नेपालकै अग्रणी कन्सल्टेन्सीका रुपमा स्थापित हुनुका पछाडि हामीले विद्यार्थीबाट प्राप्त माया र विश्वास नै हो । यो अवसरका लागि म सबैप्रति आभारी छु । जो विद्यार्थी क्यानडा जान चाहनुहुन्छ उहाँहरुले एक पटक यहाँ आएर परामर्श लिन सक्नुहुन्छ । हामी क्यानडाको बारेमा विद्यार्थी र अभिभावकलाई सत्य तथ्य परामर्श दिन्छौं ।

You might also like

Comments are closed.