काठमाडौं । महिला उद्यमी महासंघ नेपालले गत जनवरी २७ बाट शुरु गरेको ‘वि फर ग्रोथ क्याम्पियन’ ले महिला उद्यमीले उत्पादन गरेका सामानको प्रवद्र्धन गरेको छ । क्याम्पियनको मुख्य उद्देश्य नै महिला उद्यमीले उत्पादन गरेका सामानको प्रवद्र्धन गर्नु रहेको महासंघले जनाएको छ ।
अभियानलाई सेफ्टी एण्ड अपरच्युुनिटी फर ओमन इन साउथ एसिया अन्तर्गत रहेर एसिया फाउन्डेसन र भिजा फाउन्डेसनले लगानी गरेका छन् । महिला उद्यमीको व्यवसायलाई डिजिटल प्लेटफर्ममा रुपान्तरण गरी डिजिटल मार्केटिङ सुनिश्चित गर्ने उद्देश्यले अभियान संचालन गरिएको जनाइएको छ । फेसबुक, इन्स्टाग्राम, ट्विटर लगायतका सामाजिक सञ्जाल मार्फत नेपालका विभिन्न स्थानमा उत्पादनको प्रर्वद्धन गरिएको छ । उत्पादनको प्रवद्र्धन गरिएसँगै सामान अर्डर तथा जानकारीका लागि उद्यमीलाई विभिन्न स्थानबाट फोन आउने गरेको बताइएको छ ।
महिला उद्यमीले उत्पादन गरेका टपरी, ढाका, झोला, मसला, दुधबाट बनाइएका मिठाइ चकलेट, भर्मि कम्पोष्ट, फेल्ट प्रडक्ट लगायतका उत्पादनलाई प्रवद्र्धन तथा बजारिकरण गर्ने उदेश्यका साथ कार्यक्रम गरिएको महासंघले जनाएको छ । क्याम्पियनको समयमा विभिन्न प्रतियोगिता पनि भएका छन् । जसले युवापुस्ताको ध्यानाकर्षण गराएका छन् ।
अभियानले अहिलेसम्म करिव ८० भन्दा धेरै उत्पादनको प्रवद्र्धन गरिसकेको र आगामी दिनमा पनि यसलाई निरन्तता दिने बताइएको छ । कोरोना महामारीको समयमा पनि महिला उद्यमशीलता र सशक्तीकरणका कार्यक्रमलाई महासंघले निरन्तरता दिएको छ ।
Comments are closed.