जी एण्ड के इन्टरनेसनलद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

पोखरा । जी एण्ड के इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीले हालै गएको प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको राहत तथा उद्धारका लागि आर्थिक सहयोग गरेको छ ।

कन्सल्टेन्सीका प्रबन्ध निर्देशक राजन पन्थीका अनुसार रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको भीषण बाढी र पहिरोका कारण क्षति व्यहोरेका समुदायको राहत तथा पुनर्नस्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा एक लाख एघार हजार एक सय एघार जम्मा गरिएको हो ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संकटको प्रभावित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले सहयोग रकम कोषमा हस्तान्तरण गरिएको प्रबन्ध निर्देशक पन्थीले जानकारी दिए ।

You might also like

Comments are closed.