ललितपुर । ललितपुर महानगरपालिकाको वडा १३ बाट राप्रपाका उम्मेदवारहरु भोट माग्न घरदैलो अभियानमा व्यस्त छन् । वडा अध्यक्षका उम्मेदवार गगन केसीसहितका उम्मेदवारहरु भोट माग्दै घरघरमा पुगेका छन् । घरदैलो अभियानका क्रममा मतदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको केसीले बताए ।
केसीसँगै राप्रपाबाट उक्त वडा सदस्यमा शोभा घतानी, सुरुची खड्का, सुमन केसी र रामकुमार कार्की उम्मेदवार छन् ।
अन्य पार्टीलाई धेरै पटक मौका दिएको र यसपटक राप्रपालाई मतदान गर्ने स्थानीयबाट प्रतिबद्धता आफूहरुले पाएको अध्यक्षका उम्मेदवार केसीले बताए ।
समुन्नत र समृद्ध वडाका लागि राप्रपालाई मतदान गर्न उनले आग्रह गरेका छन् ।
अध्यक्षका उम्मेदवार केसी लामो समयदेखि सामाजिक तथा व्यावसायिक क्षेत्रमा आबद्ध छन् ।
Comments are closed.