ललितपुरमा राप्रपाको घरदैलो अभियान, जनताको सेवा गर्ने प्रणसहित उम्मेदवारी

ललितपुर । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त छन् । आ–आफ्नो एजेन्डा, घोषणापत्र तथा प्रतिबद्धतासहित उम्मेदवारहरु मतदाताको घरघरमा पुगिरहेका छन् ।

यसैक्रममा ललितपुर महानगरपालिकाको वडा १३ का वडा अध्यक्षका उम्मेदवार गगन केसी पनि जनताको घरघरमा पुगिरहेका छन् । राप्रपाबाट वडा अध्यक्षका उम्मेदवार बनेका केसीले आफ्नो समूहसहित चुनावी अभियानलाई तिब्र बनाएका हुन् ।

राप्रपाबाट उक्त वडामा सदस्यमा शोभा घतानी, सुरुची खड्का, सुमन केसी र रामकुमार कार्की उम्मेदवार बनेका छन् ।

jutta mela

अध्यक्षका उम्मेदवार केसीले राप्रपा नेपालले भ्रष्टाचार मुक्त देशको अभियान सञ्चालन गरिरहेको बताउँदै ढुक्क भएर आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गरे । ‘निष्पक्ष रुपमा जनताको सेवा गर्ने प्रण गर्दै मैले उम्मेदवारी दिएको हुँ । भ्रष्टाचार गरेर खानु भनेको आमाको रगत पिउनु सरह हो । वडाको विकास नै मेरो चाहना हो, बाँकी जनता जनार्दन,’ अध्यक्ष उम्मेदवार केसीले भनेका छन् ।

अन्य पार्टीलाई धेरै पटक मौका दिएको र यसपटक राप्रपालाई मतदान गर्ने स्थानीयबाट प्रतिबद्धता आफूहरुले पाएको उनले बताए ।

समुन्नत र समृद्ध वडाका लागि राप्रपालाई मतदान गर्न उनले आग्रह गरे । अध्यक्षका उम्मेदवार केसी लामो समयदेखि सामाजिक तथा व्यावसायिक क्षेत्रमा आबद्ध छन् ।

You might also like

Comments are closed.