गनगन गरेर नबसौं, सुझबुझ पुर्याउः गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन थापाले विश्वासको मत लिन मन नलागे प्रधानमन्त्रीले राजिनामा गरेपछि मात्रै राष्ट्रपतिले नयाँ प्रकृया शुरु गर्नसक्ने बताएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले २१ घन्टाको समय दिएर नयाँ सरकार गठन गर्नका आह्वान गरेपछि प्रतिक्रिया दिदै थापाले समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गर्न आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन्, ‘विश्वासको मत लिन मन नलागे प्रमले राजिनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो ।

jutta mela

नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो ? जानेर गरेको हो । गनगन गरेर नबसौं । सुझबुझ पुर्याउँ । यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं,महाअभियोग लगाएर रापलाई बिदा गरौं ।’

राष्ट्रपति विद्या भण्डारीले शुक्रबार ५ बजेभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।

You might also like

Comments are closed.