काभ्रेको गल्फु बिनायक डेरीले उत्कृष्ट डेरीको सम्मान

झापा । काभ्रेको गल्फु बिनायक डेरीले उत्कृष्ट डेरीको सम्मान प्राप्त गरेको छ ।

विश्व दूध दिवसको अवसरमा झापामा आयोजित कार्यक्रममा डेरी सम्मानित भएको हो । दूग्ध विकास बोर्ड लगायत दुग्ध क्षेत्रमा सक्रिय संस्थाहरुको संयुक्त आयोजनामा दूध दिवसमा झापामा केन्द्रीय कार्यक्रम भएको हो ।

सो अवसरमा कृषि तथा पशुपन्क्षी विकास मन्त्री ज्वाला कुमारी साहले डेरीका सञ्चालकअजित बजगाईलाई सम्मान गरिन् । सम्मानबाट उत्साह मिलेको र डेरी क्षेत्रमा थप सक्रियताका साथ काम गर्न प्रेरणा मिलेको बजगाईंले बताए ।

काभ्रे नालामा २०६० मा स्थापना भएको डेरीबाट दैनिक १० हजार लिटर दूध उत्पादन हुन्छ । ४५ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् भने १८ सय किसान आबद्ध छन् ।

lcci
You might also like

Comments are closed.