यस्ता छन् मन्त्री, प्रमुख सचिव र सचिवलाई मुख्यमन्त्रीको निर्देशन

माननीय मन्त्रीज्यूहरु, प्रमुख सचिवज्यू, सचिवज्यूहरु ।

नवनियुक्त सम्पूर्ण मन्त्रीज्यूहरुलाई सर्वप्रथम बधाई ज्ञापन गर्दछु । माननीय मन्त्रीज्यूहरु, प्रमुख सचिवज्यू, सचिवज्यूहरु सर्वप्रथम नव नियुक्त सम्पूर्ण मन्त्रीज्यूहरुलाई सर्वप्रथम बधाई ज्ञापन गर्दछु । तपाईंहरुको कार्यकालको पूर्ण सफलताको कामना गर्दछु । मेरो नेतृत्वमा सरकार बनिसकेपछि सरकारले पूर्णता पाओस् र कार्यसम्पादन तर्फ लागोस् भन्ने प्रदेशवबासीको चाहना अस्तिमात्र मन्त्री मण्डलले पूर्णता पाएपछि पूरा भएको छ । आज हाम्रो काँधमा प्रदेशको समुन्नतिी र समृद्धिको जिम्मेवारी आएको छ । सम्पूर्ण मन्त्रीपरिषद, सचिव जनताप्रति र मन्त्रीज्यूहरु मुख्य मन्त्रीप्रति उत्तरदायी हुनाले लोकतान्त्रिक परम्परा अनुरुप भोलिका दिनमा हामी अगाडि बढ्ने छौं । हाम्रा व्यवहार, शैली, आचरण, कार्य सम्पादनसहित हाम्रा प्रत्येक क्रियाकलाप जनताको आँखा,शा, सञ्ंचार जगत तथा समाजिक सञ्ंजालको निगरानीमा रहने हुँनाले त्यस तर्फ सबै मन्त्रीज्यूहरुलाई सचेत रहन अनुरोध गर्दछु ।

१. यो सरकार प्रजातान्त्रिक मूल्य मान्यताको जगेर्ना गर्दै जनतालाई प्रजातान्त्रिक लाभको न्यायोचित वितरण गर्न दत्तचित्त छ । जनता सरकारको दैलोमा होइन सरकार जनताको दैलोमा सेवा पु¥र्याउन प्रतिवद्ध रहेको आभास हामीले दिनु जरुरी छ । मन्त्रिपरिषद्का माननीय सदस्यज्यूहरू र सबै मन्त्रालय÷निकायका प्रशासनिक नेतृत्वहरूले समृद्ध प्रदेश, सुखी प्रदेशबासीको सोचलाई आत्मसात गर्दै जन अपेक्षा पूुरा गर्ने प्रदेश सरकारको संकल्पलाई अपनत्व ग्रहण गरी, यसलाई आन्तरिकीकरण गरी आफ्ना प्रशासनिक÷राजनीैतिक संरचना मार्फत् जनतामा सकारात्मक सन्देश प्रवाह हुने गरी कार्य गर्नुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु ।

jutta mela

२. संविधानले आत्मसात गरेको सहकारिता, समन्वय र सहअस्तित्वको सिद्धान्त बमोजिम नै प्रदेश सरकारले नेपाल सरकार र स्थानीय सरकारकाबीच रहेर समृद्धिको लक्ष्य हासिल गर्नका लागि कुशल संयोजनकर्ता र समन्वयकर्ताको भूमिकामा रही सुशासन, विकास र जनताका अपेक्षाहरूलाई सम्बोधन गर्ने दायित्व पूुरा गर्न व्यावसायिक, परिणाममूलक, र मापनयोग्य कार्ययोजना तयार गरी कार्य सम्पादन गर्नुहुनेछ ।

३. प्रदेश सरकारको श्वेतपत्र, वार्षिक नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना, क्षेत्रगत नीति, मन्त्रालय र अन्तरगतका वार्षिक कार्यक्रमहरूलाई निर्धारित अवधिभित्र सम्पन्न गर्न आफ्नो क्षमता र सामथ्र्यको पूर्ण उपयोग गर्नुहुनेछ । यहाँहरुको कुशल नेतृत्वले उपलब्ध सिमित स्रोत साधनको अधिकतम परिचालनमा ध्यान दिनै नै छ ।

४. कोरोना महामारिले हाम्रो समग्र जीवनलाई थला पारेको छ । यो विषम परिस्थितिबाट उन्मुक्ति पाउने एक मात्र उपाय कोरोना विरुद्धको खोप नै हो । यो सरकार गठन भए देखि नै सबै प्रदेशबासीलाई खोप उपलब्ध गराउने कुरामा कृत संकल्पित रहँदै आएको छ । सरकारले आवश्यक बजेटको समेत प्रबन्ध गरेको छ भने खोप हासिल गर्नका लागि प्रयत्नहरु गर्दै आएको छ । खोप प्राप्त गर्नका लागि नेपाल सरकार, निजी क्षेत्र, अन्तर्राष्ट्रिय समुदाय सबैसँंग आ–आफ्नो ठाँउबाट सक्दो पहल यहाँहरु सबैले गरिदिनका लागि समेत आग्रह गर्दछु ।

५. लगानीबाट मात्र उत्पादन, रोजगारी र आम्दानीको ढोका खुल्ने तथ्यका प्रति यो सरकार स्पष्ट छ । लगानी गर्ने र व्यवसाय गर्ने अनुकुल वातावरण निर्माण गरी निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढन सरकार आतुर छ । प्रदेशमा लगानी भित्राउन, प्रदेशभित्र र बाहिरका लगानीकर्ताहरूको लगानी आकर्षण गर्न हामी सबैको प्रयासको आवश्यकता हुन्छ । तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक क्षमताका क्षेत्रहरुको पहिचान गरी पर्यटन विकास, पूर्वाधार निर्माण, कृषिको आधुनिकीकरण र औद्योगीकरणमा टेवा पुग्ने गरी लगानी आकर्षित गर्न सकेमामात्र जनताको विकासको चाहना पूुरा गर्न सक्ने हुँदा त्यस तर्फ यहाँहरु सबैले उचित ध्यन दिनु नै हुनेछ ।

६. पारदर्शिता, सुशासन र उत्तरदायित्वको भावनालाई मूर्तरुप दिन खर्च प्रणालीमा मितव्ययिता र पारदर्शिता अपनाउनु हुनेछ । बेरूजु र उजुरी फर्छ्यौटमा पूर्ण तदारुकता देखाउनु हुनेछ ।

७.मन्त्रालयको संस्थागत सुशासनलाई सुदृढ बनाउँदै आफू मातहतका निकाय÷समिति÷संरचनाहरूको प्रभावकारितामा बृद्धि ल्याउनुहुनेछ ।

८.चालु खर्चलाई मितव्ययी बनाउने र पूँजीगत खर्चको परिचालनमा प्रभावकारिता वृद्धि हुनेछ । आर्थिक वर्षको अन्त्यमा पूँजीगत खर्च गर्ने अवस्थालाई यसै आर्थिक वर्षदेखि यहाहरुको कुशल नेतृत्वले अन्त्य गर्नेछ । खर्च गर्ने क्षमता, मितव्ययिीता तथा परिणाममुखी विकासमा यस प्रदेशको साख उच्च गराइराख्न अहोरात्र खटिनुहुनेछ । प्रदेशका सम्भावना र सवल पक्षहरुको अधिकतम उपयोग गरी लाभान्वित हुन अन्य प्रदेशको असल अभ्यास  लाई हाम्रो अनुकूल प्रयोग गर्न प्रोएक्टिभ हुनुहुनेछ ।

९. वर्षाका कारणले आएको बाढी पहिरोले जन धनको क्षति भएको छ । हाम्रो प्रदेशको विशिष्ट प्राकृतिक स्वरुप र भूसंरचनाको कारणले हुन सक्ने विपद्का संभावित जोखिमको पहिचान र पूर्वानुमान गरी सो को रोकथाम र व्यवस्थापनप्रति सजग रही नागरिकको जीवन रक्षामा लाग्नु हुनेछ ।

१०. मन्त्रालयको नियमित काम र वार्षिक कार्ययोजना समयमा कार्यान्वयन गर्नुका अतिरिक्त प्रदेश गौरवबका आयोजना, रुपान्तरणकारी आयोजना र फ्ल्यागसिप कार्यक्रमहरूको कार्यान्वयनमा तदारूकता देखाउनुहुनेछ ।

११. सेवा प्रवाह र कार्यसम्पादनमा निर्धारित विधि र प्रक्रियाको पूर्णरुपमा पालना गर्दै शीघ्र सेवाप्रवाह गर्ने प्रणालीको सबै मन्त्रालय तथा आफूु सम्बद्ध निकायहरूमा प्रयोगमा ल्याउनुहुनेछ ।

१२. खरिद इकाइ गठन गर्ने, खरिद कार्ययोजना बनाउने र लागत अनुमान तयार गर्ने कार्य साउन श्रावण महिनाभित्र गरिसक्ने, बोलपत्र लगायतका कागजात तयार गर्ने र कार्यविधि तयार गर्ने कार्यहरू भदौ ाद्र महिनाभित्र सम्पन्न गर्नुहुनेछ । अख्तियारी दिने कार्यहरू साउन श्रावण महिनाभित्र गरिसक्नु हुनेछ । यसबाट असोज आश्विन महिनाको आरम्भमा नै आयोजना÷कार्यक्रमहरु कार्यान्वयन सुरु भई पूँजीगत खर्च वृद्धि हुने, वित्तीय अनुशासन पालना हुने र खर्च प्रणालीमा पनि सुधार हुनेछ । ।

१३. सबै मन्त्रालयहरूबाट सम्पादन हुने कार्यहरूको परिणाम सहितको प्रगति प्रतिवेदन महिना समाप्त हुनासाथ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तत्काल पठाउने व्यवस्था मिलाउनुहुनेछ ।

१४. यहाँहरु सबैले कोरोना महामारिले थलिएको आर्थिक क्षेत्रको पुनरुत्थान तथा सामाजिक क्षेत्रको जगेर्ना गर्नका लागि आ–आफ्ना मन्त्रालयसँंग सम्बन्धित गतिविधिहरुलाई केन्द्रित गर्नु नै हुनेछ ।

१५. संविधानले प्रदेशलाई प्रदान गरेको जिम्मेवारी पूरा गर्न, जनताले प्रदेश सरकारसँंग गरेको अपेक्षा पूुरा गर्न तथा प्रदेश सरकारले व्यक्त गरेको विकासको प्रतिवद्धता पूुरा गर्न यहाँहरु सबैले विशेष ढंगबाट आफूुलाई परिचालित गर्नु हुने नै छ ।

१६. यो सरकार विषम परिस्थितिीमा गठन भएको छ । कोरोना महामारीले सम्पूर्ण जनजीवन अस्तव्यस्त भएको छ । गरिब, असहाय तथा अशक्तको जीवन संकटमा परेको छ । समस्यामा परेका नागरिकको जीवन रक्षाको लागि विशेष पहल आवश्यक छ । सम्पूर्ण लोकतान्त्रिक शक्तिहरुका बीच एकता कायम गरी आपसी विश्वास सिर्जना गर्दै महामारिले सिशथिल जनजीवनलाई उठाउन नियमित प्रयासले मात्र सम्भव हुने छैन भन्नेमा यहाँहरुको ध्यान पुग्ने कुरामा विश्वस्त छ ।

१७. मन्त्रिपरिषद्का माननीय सदस्यहरू र सचिवहरूको क्षमता र दक्षताले प्रदेशको कार्यसम्पादनस्तर अति नै राम्रो र परिणाममुखी बनाउनमा यहाँहरू सबैको सक्रिय र सकारात्मक सहयोग प्राप्त हुने छ । यहाँहरुको कुशल नेतृत्वले लोकतन्त्रको सुदृढीकरण, सुशासनको प्रवद्र्धन र समृद्धि तर्फको यात्रामा सफलता मिल्नेमा विश्वस्त छु ।

You might also like

Comments are closed.