गण्डकीमा मुख्यमन्त्रीका लागि बहुमतको दावी गर्न प्रदेशको प्रमुखको आह्वान

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि बहुमतको दाबि गर्न प्रदेश प्रमुख सीताकुमारी पौडेलले आह्वान गरेकी छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत गुमाएपछि सरकार निर्माणको नयाँ चरण सुरु भएको हो ।

प्रदेश प्रमुख पौडेलले जेठ २९ गते ३ शनिबार दिउसो ३ बजेसम्मको समय दिएर विश्वासको मत प्राप्त गर्ने अवस्था भएमा संविधानको धारा १६८ को उपधारा (२)बमोजिम सरकारको दावी गर्न प्रदेश सभा सदस्यहरुलाई आह्वान गरेकी हुन् ।

प्रदेशमा रहेका ४ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीले गठबन्धन गरेका छन् । ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीका लागि बहुमत पुर्याउन ३१ मत आवश्यक पर्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...