गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल नियुक्त

पोखरा । नेपाली काँग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

३१ सांसदसहित मुख्यमन्त्रीको दावी पेश गरेका उनलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका उनले अब ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्छ ।

 

You might also like

Comments are closed.