काठमाडौं । लामो समयदेखि प्रत्येक वर्ष नहरमा पानी बन्द गर्ने चलन रहेको छ । नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्माण गरेको केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो । करिब ४४ वर्ष पुरानो गण्डक जलविद्युत्मा नहरमा पानी छोड्ने र बन्द गर्ने भारतीय पक्षको हातमा हुन्छ ।
यसअनुसार भारतको उतर प्रदेश गोरखपुरस्थित गोरखपुर सिँचाइ विभागले उक्त विद्युत् केन्द्रको नहरमा सरसफाई तथा मर्मत भइरहेको जनाउँदै नहरमा पानी बन्द गरेपछि विद्युत् उत्पादन बन्द रहेको प्रमुख भुसालले बताए ।
भारतीय पक्षले हरेक वर्ष कात्तिक–मंसिर र चैत–वैशाख गरी दुई पटक नहरको पानी बन्द गर्ने गरेको छ । यसले गर्दा हाम्रो घाटा हुने गरेको भुसालले बताए ।
नहरमा पानी बन्द भएपछि विद्युत् ठप्प भएपछि दिनहुँ सातदेखि आठ लाखसम्म घाटा हुने गरेको प्रमुख भुसालले जानकारी दिए । १५ मेगावाट विद्युत् उत्पदान क्षमता भएको उक्त जलविद्युत् केन्द्र अहिले चारदेखि साढे चार मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेको छ ।
तीनवटा टर्वाइन भएको जलविद्युत् केन्द्रेमा दुई टर्वाइनले मात्र विद्युत् उत्पादन गरिरहेको छ । भने एउटा टर्वाइन विग्रेर थन्केको छ । गण्डक जलविद्युत् केन्द्रमा रहेको विद्युतिय उपकरण पुरानो प्रविधिअनुसार रहेको हुनाले परिर्वतन गरी सुधार गर्नुपर्ने देखिएको उनले बताए ।
Comments are closed.