गण्डकी प्रदेशले पनि सांसदलाई बजेट दिने

 

पोखरा, ८ बैशाख

गण्डकी प्रदेश सरकारले पनि प्रदेश सांसदहरुलाई बजेट दिने भएको छ । गण्डकी प्रदेशले पनि सांसद विकास कोषका लागि आगामी बजेटबाट २÷२ करोड रुपैयाँ उपलब्ध गराउने तयारी गरेको हो । यो बजेट निर्वाचित तथा समानुपातिक सबै सांसदहरुले पाउनेछन् । गण्डकी प्रदेश सभालाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले सांसद विकास कोषमार्फत रकम दिन सांसदहरुले गरेको मागमा सरकार सकारात्मक रहेको बताए ।

jutta mela

संसद बैठकलगत्तै पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री गुरुङले आगामी २०७६÷७७ को बजेटमा सांसदले आफ्नो क्षेत्रमा खर्च गर्ने पाउने गरी सांसद विकास कोषमा रकम छुट्याउने तयारी गरिएको बताए । सांसद जनताको प्रतिनिधि भएकाले उनीहरुसँग जनताले विकासको अपेक्षा गर्दा रहेछन्–उनले भने,‘सांसदहरुको माग पनि हो, सांसदसँग जनताको माग धेरै हुँदो रहेछ, पानी दिनुपर्यो, कुलो, भवन बनाई दिनुपर्यो ।’

बजेट दिनका लागि कार्यविधी बनाइने मुख्यमन्त्री गुरुङले बताए । निर्वाचन क्षेत्र तोकेर दिइने बजेटमा कस्ता योजना, कतिओटा योजना,, खर्चको दायरालगायतलाई कार्यविधीले समेट्नेछ ।

प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले अन्यको प्रदेशको प्रचलन हेरेर गण्डकी प्रदेश सरकारले निर्णय लिनुपर्ने बताए । उनले भने,‘गण्डकी प्रदेशले अन्य प्रदेशको प्रचलन हेर्नुपर्छ, सैद्धान्तिक र नीतिगत रुपमा यसरी बजेट दिनु राम्रो होइन, तर अभ्यासमै आइसकेपछि यसको सदुपयोग हुनेगरी कार्यविधी बनाएर बजेट दिदा फरक पर्दैन।’

नेपालीले जनताले विकास खोजेको, सांसदले जनता समक्ष विकास लैजान खोजेको र सरकारले बजेट खर्च गर्न चाहेकाले यी तीन पक्षबीच सहकार्य गरेर विकास गर्नु राम्रो भएको बताए । यद्वपी बजेटको सदुपयोग हुनुपर्ने उनको भनाई छ ।

You might also like

Comments are closed.