प्रदेशको प्रथम पञ्चबर्षीय योजना तयार, योजना गीता, बाइबल र कुरान जस्तै : मुख्यमन्त्री

 

 

पोखरा ।

गण्डकी प्रदेशको प्रथम पञ्चबर्षीय योजना सार्वजनिक गरिएको छ । प्रदेशको नीति तथा योजना आयोगले आइतबार प्रदेशको प्रथम पञ्चबर्षीय योजना सार्वजनिक गरेको हो । प्रथम पञ्चबर्षीय योजना समेटिएको पुस्तकको गण्डकी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश नीति तथा योजना आयोगका अध्यक्ष पृथ्वी सुब्बा गुरुङले आइतबार लोकार्पण गरेका हुन् ।

योजना पुस्तकको लोकार्पण गर्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशको योजनालाई हिन्दुको गीता, मुश्लिमको कुरान र कृश्चियनको बाइबलजस्तै भएको बताए । उनले योजना प्रदेशको मार्गचित्र भएकाले यसको कार्यान्वयनमा सबै जुट्नुपर्ने बताए । ‘योजना बनाउनु मात्र ठूलो कुरा नभई यसको कार्यान्वयन मुख्य कुरा हो’–उनले भने ।

मुख्यमन्त्री गुरुङले पञ्चबर्षीय योजना पूरा गर्न संघ, प्रदेश र स्थानिय तीनवटै सरकार एकैतिर फर्किएर अघि बढ्नुपर्ने बताए । अहिलेपनि तीनवटा सरकार तीन तिर फर्किएर हिंडिरहेका छन्,‘उनले भने,‘हामीले योजनारुपी एउटा राम्रो बच्चा त जन्मायौं, अब यसलाई हुर्काउने प्रदेश सरकारको जिम्मेवारी हो, स्थानिय तहलेपनि यसको कार्यान्वयनमा सघाउनुपर्छ, संघको त झन् यसको कार्यान्वयनमा महत्वपूर्ण भूमिका हुन्छ ।

पञ्चबर्षीय योजना समाजवाद उन्मुख, उत्पादनमुखी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने प्रस्थान मार्ग खोज्न, पर्यटन व्यवसायी र स्थानिय उत्पादकबीच सघन सहकार्य गर्न, कृषिमा सिंचाईको बिस्तार, यान्त्रीकीकरण र व्यवसायीकरण गरी भरपर्दो र उच्च उत्पादकत्व दिने कृषि प्रणालीको विकास गर्न, दिगो उर्जा सुरक्षाको ब्यबस्था गर्न, कृषि प्रशोधन तथा खनिजजन्य पदार्थको उत्खनन् र प्रशोधन गर्ने मझौला तथा ठूला उद्योग स्थापना गर्न, निर्धारित समयमै गुणस्तरिय भौतिक पूर्वाधार निर्माण कार्य सम्पन्न गर्न, प्राविधिक तथा व्यवसायीक शिक्षा लागु गर्नलगायतका विषय सम्बोधन गरेर तयार पारिएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गिरीधारी शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशको पञ्चबर्षीय योजना दक्षिण एसियाकै उत्कृष्ट योजना भएको उपाध्यक्ष डा.शर्माले दाबी गरे ।

You might also like

Comments are closed.