भव्य कार्यक्रमसहित निप्सको स्थापना दिवस मनाउँदैछौं

गणेश धमला, कार्यसमिति सदस्य एवं वार्षिकोत्सव कार्यक्रम मूल संयोजक, निप्स पोखरा च्याप्टर

गणेश धमला जीवन बीमा कम्पनीमा बिगत १६ वर्षदेखि निरन्तर सक्रिय छन् । पछिल्लो समय निप्स पोखरा च्याप्टर कार्यसमिति सदस्यमा समेत सक्रिय रहेका उनी निप्सको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमको मूल संयोजकसमेत हुन् । उनी हाल हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नावय क्षेत्रीय प्रमुख पदमा कार्यरत छन् । धमलासँग निप्सको वार्षिकोत्सव कार्यक्रममा केन्द्रित रहेर गरिएको संक्षिप्त कुराकानी :

वार्षिकोत्सव कसरी मनाउँदै हुनुहुन्छ ?

हामीले वर्षेनी फरक फरक कार्यक्रम गरेर वार्षिकोत्सव मनाउँछौं । यस पटक स्थापना दिवसको अवसरमा हामीले फुटसल प्रतियोगिता आयोजना गरेका छौं । फुटसल प्रतियोगितामा सहभागी हुनका लागि टिमहरुको आकर्षण देखिएको छ । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशसहित जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरु र सर्भेयरहरुको सहभागितामा प्रतियोगिता हुँदैछ । स्थापना दिवसको अवसरमा चैत ९ गते शुक्रबार उद्घाटन खेल हुन्छ भने बाँकी खेलहरु चैत १० गते शनिबार हुँदैछ । खेललाई व्यवस्थित तरिकाबाट सम्पन्न गर्नेछौं । उद्घाटनको दिन केक काटेर शुभकामना आदानप्रदानसमेत हुनेछ ।

jutta mela
खेलमा कति टिम सहभागी हुन्छन् ?

यस पटकको खेलमा आकर्षण देखिएको छ । २० टिमको सहभागिता रहदैछ । उद्घाटनको अवसरमा निप्स पोखरा च्याप्टर र नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशबीच तथा निर्जीवन बीमा कम्पनी र जीवन बीमा कम्पनीका प्रदेश प्रमुखहरुबीच मैत्रीपूर्ण खेलसमेत हुनेछ । पुरस्कार राशी प्रथम टिमलाई २५ हजार रुपैयाँसहित शिल, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । द्वितीय हुने टिमलाई १५ हजार रुपैयाँसहित शिल, मेडल र प्रमाणपत्र प्रदान हुनेछ ।

फुटसल नै आयोजना गर्नुको उद्देश्य के हो ?

वार्षिकोत्सव मनाउने सन्दर्भभा विभिन्न कार्यक्रम गर्न सकिन्छ । हामीले बीमा क्षेत्रमा आबद्ध साथीहरुबीच आपसी भाइचारा र आत्मीय सम्बन्ध बढाउने उद्देश्यले फुटसल आयोजना गरेका हौं । निप्स पोखरामा आबद्ध सम्पूर्ण मेम्बरहरुसहित हाम्रो पेशा तथा व्यवसायमा सम्बन्ध राख्ने सरोकारवालाहरुलाई समेत एकै ठाउँमा उपस्थित गराई शुभकामना आदानप्रदानसहित वार्षिकोत्सव मनाउने हाम्रो उद्देश्य हो ।

अन्त्यमा के भन्नुहुन्छ ?

बीमाको समग्र विकासका लागि निप्स पोखरा च्याप्टर सक्रिय भइरहेको छ । हाम्रो यो पवित्र अभियानमा सम्पूर्ण बीमा कर्मीहरुको साथ र सहकार्य आवश्यक छ । निप्स स्थापना दिवसको अवसरमा निप्समा आबद्ध भइ सदस्यता लिन पनि सम्पूर्णमा आग्रह गर्दछु । साथै स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उत्साहजनक सहभागिताका लागि पनि अनुरोध गर्दछु ।

You might also like

Comments are closed.