गणेश हिमाल पर्यटन विकास समितिमा रंकेश

काठमाडौं । गणेश हिमाल पर्यटन विकास समितिको अध्यक्षमा रंकेश गुरुङ (तामाङ) निर्वाचित भएका छन् । शनिबार सम्पन्न नवौं वार्षिक साधारणसभाले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

समितिको टेकबहादुर खकुरेल, प्रथम उपाध्यक्षमा राजेन्द्रप्रसाद सुवेदी, द्वितीय उपाध्यक्षमा दलबहादुर गुरुङ, महासचिवमा चन्द्रबहादुर गुरुङ, सचिवमा सुक लामा तामाङ, कोषाध्यक्षमा टेकबहादुर गुरुङ, सहकोषाध्यक्षमा रिता अधिकारी निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा डम्बर अधिकारी, हर्क गुरुङ, योगेन्द्र तामाङ, दिलबहादुर गुरुङ, गणेश तामाङ मगर, बुद्धि थापा मगर, भरत सापकोटा, प्रिक्सिला तामाङ, भाइराम थापा मगर, दिल गुरुङ, बाल्मिकी अधिकारी, दिलमान गुरुङ, अजय थापा तामाङ, मिलन गुरुङ, सरोज गुरुङ, रोविन तामाङ र सुकबहादुर घले रहेका छन् ।

गणेश हिमालको प्रवद्र्धन तथा पर्यटन विकासमा आफूहरु सक्रिय हुने नवनिर्वाचित अध्यक्ष गुरुङले प्रतिबद्धता व्यक्त गरेका छन् ।

You might also like

Comments are closed.