डेरी व्यवसायी खड्काद्वारा १३८ जना विद्यार्थीलाई न्यानो कपडा वितरण

कोशी । नेपाल डेरी एसोसिएसन कोशी प्रदेशका अध्यक्ष एवं युवा व्यवसायी गंंगा बहादुर खड्काले १३८ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् ।

झापा गाउपालिका वडा नं.७ मदारगाछमा रहेको श्री जनकल्याण मा.वि.मा बाल कक्षादेखि ५ कक्षासम्म अध्ययनरत विद्यार्थीलाई सोमबार न्यानो कपडा वितरण गरिएको हो । खड्काले आफ्नो जन्मदिनको अवसरमा न्यानो कपडा वितरण गरेका हुन् । सामाजिक काम गरी जन्मदिन मनाउने उद्देश्यले न्यानो कपडा वितरण गरेको खड्काले जानकारी दिए ।

कन्काइ नगरपालिका वडा नं.५ हनुमानचोक निवासी खड्का लामो समयदेखि डेरी व्यवसायमा आबद्ध छन् ।

झापा गाउँपालिका अध्यक्ष अञ्जुदेवी थपलियाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

lcci
You might also like

Comments are closed.