खड्कालाई ‘युवा उद्यमी सम्मान’

काठमाडौं । युवा उद्यमी गंगा खड्का सम्मानित भएका छन् ।

ग्यास्ट्रोनोमी टुरिजम एसोसिएसन अफ नेपालले उनलाई सम्मान गरेको हो । संस्थाको चौथो वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमबीच प्रमुख अतिथि उपसभामुख इन्दिरा रानाले उनलाई सम्मान गरिन् ।

संस्थाले खड्कालाई युवा व्यवसायी सम्मान प्रदान गरेको हो । उद्यमशीलताका क्षेत्रमा थप सक्रियताका साथ काम गर्न सम्मानले आफूलाई प्रेरणा मिलेको खड्काले बताए ।

खड्का नेपाल डेरी एसोसिएसनका केन्द्रीय सदस्य तथा कोशी प्रदेश अध्यक्ष हुन् ।

You might also like

Comments are closed.