मेला फागुन २९ गतेसम्म थप गरेका छौं

गंगा श्रेष्ठ, आयोजक, चाबहिल जुत्ता चप्पल व्यापार मेला

स्वदेशी १४ वटा कम्पनीको संयुक्त आयोजनामा काठमाडौंको चावहिलमा प्रथम संस्करणको ‘चाबहिल जुत्ता चप्पल व्यापार मेला’ चलिरहेको छ । फागुन १८ गतेसम्म चल्ने भनिएको मेलाको समय ११ दिन थप गरी फागुन २९ गतेसम्म कायम गरिएको छ । मेलाको समय थप गरिनु लगायत विविध विषयमा केन्द्रित रहेर मेलाको आयोजक मध्यका एक व्यवसायी तथा बोस सुज इन्डष्ट्रि प्रालिका सञ्चालक गंगा श्रेष्ठसँग गरिएको संक्षिप्त कुराकानीः

एक महिनाका लागि आयोजना भएको जुत्ता चप्पल व्यापार मेलाको समय थप गरिनुको कारण के हो ?

हामीले माघ १८ देखि फागुन १८ सम्म मेला आयोजना गरेका थियौं । चावहिल चुच्चेपाटी बसस्टपस्थित पासाङल्हामु शालिक पछाडि खुल्ला चौरमा आयोजित मेलामा स्थानीयबासीहरुको आकर्षण देखियो । केही समय मेला थप गर्दा यहाँका स्थानीय बासीहरु अझ बढी लाभान्वित हुने विश्वासका साथ हामीले मेला समय थप गरेका छौं । अब मेला फागुन २९ गतेसम्म चल्नेछ ।

मेलाका कति वटा कम्पनी सहभागी छन् ?

स्वदेशी प्रतिष्ठित जुत्ता चप्पल उद्योगहरुको संयुक्त आयोजनामा मेला भइरहेको छ । मेलामा १४ वटा कम्पनीका ३० ओटा ब्रान्डका जुत्ता चप्पलहरु बिक्री तथा प्रदर्शनीमा राखिएका छन् । ८ हजार मोडलका जुत्ता चप्पल उपलब्ध छन् ।

जुत्ता चप्पल बाहिर किन्नु र मेलामा किन्नुको फरक के रहन्छ ?

कहाँ, कसरी, कस्तो र कति मूल्यको जुत्ता चप्पल सपिङ गर्ने उपभोक्ताको व्यक्तिगत अधिकारको कुरा हो । हाम्रो उद्देश्य उपभोक्तालाई गुणस्तरीय जुत्ता चप्पल विशेष छुटमा उपलब्ध गराउनु हो । मेलामा उपभोक्ताहरुको सुविधालाई ध्यानमा राख्दै ६० प्रतिशतसम्म छुट उपलब्ध गराइएको छ । उत्पादक कम्पनीहरुले नै मेला आयोजना गरेकाले मूल्य सस्तो पर्नेछ । छुटले अझै बढी लाभ मिल्नेमा हामी विश्वस्त छौं । त्यस्तै मेलामा एक हजार भन्दा बढी डिजाइनका जुत्ता चप्पलहरु छन् । सबै उमेर समूहका लागि जुत्ता चप्पल सपिङ गर्न सकिनेछ ।

अन्त्यमा के भन्नुहुन्छ ?

मेला हामीले ११ दिनका लागि थप गरेका छौं । यदि आजको दिनसम्म मेलामा सहभागी हुनुभएको छैन भने फागुन २९ गतेसम्म उपस्थित भइदिनुहुन म सम्पूर्णमा आग्रह गर्दछु । आवश्यकता अनुसारको जुत्ता चप्पल खरिद गर्नुहोला । हामीलाई यहाँहरुले स्वस्थ सल्लाह सुझावसमेत दिन सक्नुहुनेछ । यहाँहरुबाट प्राप्त सल्लाह तथा सुझाव अनुसार आगामी दिनमा मेलालाई थप परिस्कृत र व्यवस्थित गर्न सहयोग पुग्नेछ ।

You might also like

Comments are closed.