गरिमा बिकास बैंकद्वारा हायर पर्चेज कर्जाका ऋणीलाई असार महिनाको ब्याज छुट

काठमाडौं ।

गरिमा बिकास बैकले यात्रूवाहक कालो नम्बर प्लेट र पर्यटक सवारीका यात्रुवाहक सार्वजनिक यातायात क्षेत्रका लाई आषाढ महिनाको व्याज रकम राहत स्वरुप पूरै छुट दिने भएको छ । कोरोना भाईरस (कोभिड–१९) को महामारीका कारण देशव्यापी बन्दाबन्दीको अवस्थामा व्यवसाय पनि प्रभावित भएकोले ब्याजमा छुट गरेको बैंकले जनाएको छ ।

बैकमा सुरक्षणको रुपमा सम्बन्धित सवारी साधन समेत धितो राखी यात्रूवाहक कालो नम्बर प्लेट र पर्यटकको सवारीका लागि प्रयोग हुने हरियो नम्बर प्लेटका सवारी साधन (बस, मिनीबस, माईक्रो बस, जिप र ट्याक्सी लगायत) खरिदका लागि प्रवाह गरेको हायर पर्चेज शीर्षकका कर्जा उपभोग गरेका सेवाग्राही (ऋणी)लाइृ बैंकले छुट दिएको हो । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम वैशाख, जेठ र असार महिनाको ब्याजदरमा २ प्रतिशत विन्दु दरले दिइएको छुट बाहेक २०७७ आषाढ महिनाको व्याज रकम राहत स्वरुप पूरै छुट दिने निर्णय गरिएको बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

jutta mela

सेवाग्राहीहरुले २०७७ आषाढ मसान्त भित्र गरिमा विकास बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी कर्जा नियमित गराई उक्त सुविधा लिन सक्नेछन । अहिलेको अवस्थामा “हायर पर्चेज” शीर्षकमा कर्जा सुविधा उपभोग गर्नुहुने सेवाग्राहीहरुलाई प्रदान गर्न लागेको छुटले थोरै भएपनि राहतको महशुस हुनेछ भन्ने विश्वास लिएको बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

You might also like

Comments are closed.