गरिमा बैंकले शुरु गर्यो ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता

काठमाडौं । विश्वमा फैलिरहेको महामारी कोरोना भाईरसले गर्दा भौतिक उपस्थितीमा तीज मनाउने अवस्था नभएकाले प्रविधिमैत्री तीजलाई प्रोत्साहन गर्न गरिमा विकास बैंकले ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । टिकटक प्रतियोगितामा नेपाल भित्र रहनुहुने सबै नेपाली महिलाले भाग लिन पाउनेछन् ।

यस प्रतियोगितामा प्रतियोगीले भिडियो बनाउँदा तीजको मर्मलाई ख्यालमा राखी यस पर्वलाई सकारात्मक तरिकाले व्याख्या गर्ने कुनै पनि गित अथवा कन्सेप्टमा टिकटक भिडियो बनाउनुपर्ने छ । यस पर्वको मर्म विपरीत बनेको वा उत्श्रृङ्खल तवरले बनेका भिडियोहरुलाई विजेताको रुपमा छनोट गरिने छैन ।

यस प्रतियोगिताको विजेताले ९ हजार रुपैयाँ, उप–विजेताले ६ हजार रुपैयाँ र तेस्रो हुनेले ३ हजार रुपैयाँ प्राप्त गर्ने र अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोले २ हजार रुपैयाँ प्राप्त गर्ने बैंकले जनाएको छ ।

MANASLU

विजेताको घोषणा भिडियोमा आउने लाईकको आधारमा हुनेछ भने बेस्ट कन्सेप्ट भने अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोको आधारमा हुनेछ । बैंकले यस टिकटक प्रतियोगिताको विस्तृत जानकारीहरु साथै शर्तहरु फेसबुक र बेबसाईटमा राखेको छ । ईच्छुक महिला टिकटकरले भदौं १० गतेदेखि २४ गतेसम्म टिकटक भिडियोको क्यापसनमा #GarimaTeejkolahar#Garimabikasbank ह्यासट्याग प्रयोग गरि टिकटक भिडियो बनाउन सक्नेछन् ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...