गरिमा विकास बैंकका ग्राहकलाई ‘आगन्तुक रिर्सोट’मा २३% सम्म छुट

काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले पर्यटकीय गन्तव्य बनेपामा रहेको ‘आगन्तुक रिर्सोट’मा विशेष छुट पाउने भएका छन् । रिसोर्टसँग गरिमा विकास बैंकले विभिन्न सेवा सुविधामा आर्कषक छुट सम्बन्धी सम्झौता गरेको छ ।

गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैकिङ प्रयोगकर्ताहरुले रिर्सोटको रुममा २३% र फुड एण्ड वेभरेजमा १४% छुट पाउन सकिने सम्झौतामा उल्लेख छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द्रप्रसाद ढकाल र रिसोर्टका महाप्रवन्धक अञ्जान बगालेले हस्ताक्षर गरेका छन् ।

साथै, ‘द एभरेष्ट होटल’सँग पनि गरिमा विकास बैंकले पुरानो सम्झौतालाई परिमार्जित गर्दै होटलको रुम, फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५% छुट सम्बन्धी सम्झौता गरेको छ ।

jutta mela

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले हाल देशभर सातै प्रदेशमा १ सय ६ वटा शाखाबाट सेवा प्रवाह गरिरहेको छ । गरिमाले छिट्टै १६ वटा शाखा र एउटा एक्स्टेन्सन काउन्टर विस्तार गर्ने तयारी गरेको छ ।

You might also like

Comments are closed.