थप प्रविधिमैत्री बन्दै गरिमा विकास बैंक, ‘स्मार्ट टेलर’को सुरुवात

काठमाठौं । राष्ट्रियस्तरको गरिमा विकास बैंक लिमिटेडले ‘स्मार्ट टेलर’को सुरुवात गरेको छ । आफ्नो डिजिटल बैकिङलाई थप प्रभावकारी बनाउँदै विना चेकबुक मोबाइल बैकिङमार्फत शाखामा उपलब्ध क्यु.आर.लाई स्क्यान गरी पैसा झिक्न मिल्ने गरी बैंकले बैंकले योे सेवा सुरु गरेको हो ।

हाललाई यो सुविधा लाजिम्पाट शाखाबाट मात्र उपलब्ध रहेको बैंकले जनाएको छ । बैंकले चाडै नै आफ्नो सम्पूर्ण शाखा कार्यालयहरुबाट यो सुविधा उपलब्ध गराउने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले जानकारी दिए । ‘डिजिटल बैकिङलाई प्राथमिकताका साथ आत्मसाथ गर्दै ग्राहकवर्गमा थप सुविधायुक्त ग्राहकमैत्री प्रविधिहरु भित्र्याउन गरिमा विकास बैंक सधैं तत्पर छ,’ ढकालले भने ।

हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालय र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकलाई बैकिङ सुविधा दिदै आइरहेको छ । ‘हाम्रा ग्राहकलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्न बैंक सफल छ,’ ढकालले भने ।

jutta mela

You might also like

Comments are closed.