सिमरामा गरिमाको शाखा

गरिमा विकास बैंक लिमिटेडले सोमबार जितपुर सिमरा उपमहानगरपालिका वडानं.–२, सिमरामा स्थापित सिमराशाखा कार्यालयको औपचारिक उद्घाटन गएिको छ । शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक बीरगञ्जका निर्देशक राजन विक्रम थापाले गरेका हुन् ।

कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक भुपेन्द्र बहादुर खड्काले बारा जिल्लाको औधोगिक नगरी सिमरामा खोलेको विकास बैंकको सिमरा शाखाले त्यस क्षेत्रको औधोगिक तथा व्यावसायिक विकासमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास रहेको बताए ।

विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले सम्पूर्ण आधुनिक सुविधासहित स्थापना गरिएको सिमरा शाखाबाट विकास बैंकले ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रवाह गर्ने बताए । साथै, विकास बैंकले सदैव संस्थागत सुशासनलाई उच्च महत्व दिदैं अगाडि बढेको कारणबाट नै देशको उत्कृष्ट विकास बैंकको रुपमा स्थापित हुन सफल उनले भएको बताए ।

jutta mela

गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १० हजार एजेण्टमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

You might also like

Comments are closed.