गरिमा विकास बैंकको १४औं वार्षिकोत्सव, गाउँदेखि शहरसम्म बैंकिङ सेवा विस्तार

काठमाडौं । गरिमा विकास बैंक स्थापनाको १४औं वर्षमा प्रवेश गरेको छ । बैंकले आज आइतबार वार्षिकोत्सव मनाउँदैछ । १४औं वार्षिकोत्सवसम्म आइपुग्दासम्म गरिमा विकास बैंक राष्ट्रियस्तरको सशक्त विकास बैंक बनेको छ ।

वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष चन्द्रकान्त बराल र प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले शुभकामना सन्देश जारी गरी सम्पूर्ण ग्राहकवर्ग, नियामक निकाय, सरोकारवालाहरु, कर्मचारी, सञ्चारक्षेत्र लगायत सम्पूर्णमा धन्यवाद तथा कृतज्ञता ज्ञापन गरेका छन् ।

बिगत १३ वर्षदेखि बैंकले ‘सबैमा पहुँच’ नारासहित सेवालाई गाउँदेखि शहरसम्म विस्तार गरेको छ । ‘सबैको साथ र सहयोेगबाट बैंक वित्तीय संस्थाहरुको माझमा गरिमा विकास बैंक अब्बल बन्न सफल छ,’ प्रमुख कार्यकारी अधिकृत ढकालले भने ।

बैंकका शाखाहरु १ सय ६ वटा पुगेका छन् । बैंकको चुक्ता पुँजी ३ अर्ब २३ करोड रुपैयाँ छ । ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सफल गरिमा विकास बैंकले ४१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले ५ लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.