काठमाडौं । क्रसफायर अन्तर्गतको ग्यारो लिथियम नेपालले याङ्गो ड्राइभरा मोबिलिटी नेपालसँगको महत्वपूर्ण कर्पोरेट साझेदारीअन्तर्गत नयाँ ग्यारो डीटी–५३ इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरेको छ । कम्पनीले पहिलो चरणमा ६ युनिट स्कुटर हस्तान्तरण गरेकोमा दोस्रो चरणमा २५ युनिट र छिट्टै १०० युनिट हस्तान्तरण गर्ने जनाएको छ ।
डीटी–५३ को प्रदर्शन र दक्षताप्रति गहिरो विश्वास व्यक्त गर्दै आफ्नो स्मार्ट याङ्गो ड्राइभराले आफ्नो मोबिलिटी फ्लिट विस्तारका लागि आगामी दिनहरूमा १०० युनिटसम्म प्राप्त गर्ने योजना अघि सारेको छ ।
सिंगल चार्जमा ३५० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको ग्यारो डीटी–६० को सफलतापछि कम्पनीले कर्पोरेट मोबिलिटी क्षेत्रमा आफ्नो उपस्थिति निरन्तर मजबुत बनाइरहेको छ । भर्खरै लन्च गरिएको डीटी–५३ को असाधारण प्रदर्शन, किफायती मूल्य र भरपर्दो गुणस्तरका कारण कर्पोरेट बिक्रीलाई तिव्रता दिने कम्पनीको विश्वास छ ।
ग्यारो डीटी–५३ मा ८ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री र ५ किलोवाट आवर पिक पावर भएको मोटर जडान गरिएको छ । यस स्कुटरले दैनिक यात्रालाई सहज, कुशल र आर्थिक बनाइदिने छ ।
कम्पनीका अनुसार, स्कुटरको शक्तिशाली क्षमताले यसलाई राइड शेयरिङ, डेलिभरी सेवा तथा कर्पोरेट फ्लिट संचालनका लागि प्रमुख रोजाइको मोडल बनाएको छ । विस्तारयुक्त रेन्ज र उच्च आउटपुटका कारण डीटी–५३ ले नेपालको दिगो शहरी मोबिलिटीमा नयाँ स्तर स्थापित गरेको छ ।
ग्यारो लिथियम नेपालले हाल डुल्ला नेपाल, रोयल क्लिनिङ, याङ्गो इलेबार र याङ्गो ड्राइभरा मोबिलिटी जस्ता कम्पनीमा कर्पोरेट बिक्री गरेको छ भने अन्य थुप्रै संस्थासँग आबद्ध हुने प्रक्रियामा रहेको छ ।
निरन्तर बढिरहेका साझेदारहरूले नेपालमा तीव्र गतिमा बढ्दै गएको विद्युतीय यातायातप्रतिको रुचि झल्काएको र कर्पोरेट आवश्यकताअनुसार उच्च प्रदर्शन ईभी समाधान उपलब्ध गराउने विश्वसनीय ब्रान्डको रूपमा ब्रान्डको स्थान अझ मजबुत बनाएको कम्पनीको भनाइ छ ।





Comments are closed.