गणित शिक्षा परिषद कास्कीको अध्यक्षमा डिल्लीराम अधिकारी

पोखरा । गणित शिक्षा परिषद (गशिप) कास्कीको अध्यक्षमा डिल्लीराम अधिकारी चयन भएका छन् । शनिबार सम्पन्न परिषद्को छैठौं जिल्ला अधिवेशनले अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।

त्यसैगरि परिषदको उपाध्यक्षमा खगेन्द्र बराल, सचिवमा भुमिराज अधिकारी , कोषाध्यक्षमा जयराम कायस्थ, सह सचिबमा ध्रुवराज पौडेल तथा सदस्यहरु हरिकृष्ण पोखरेल ,जयराम पौडेल ,कला बराल, बिकल पौडेल मदन थापा र बिजय आचार्य चयन भएका छन् । १४७ जना आजीवन सदस्य रहेको परिषदको भेलाले आगामी ३ बर्षका लागि ११ सदस्यीय कार्यसमिती सर्बसम्मत रुपमा चयन गरेको हो ।

गशिप कास्कीका अध्यक्ष केशब अम्गाईको अध्यक्षतामा र शिक्षा बिकास तथा समन्वय इकाई कास्कीका इकाई प्रमुख नारायण प्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

करुणानिधी एजुकेसन फाउन्डेसन, सिम्पानीमा सम्पन्न भएको उक्त कार्यक्रमको खुल्लासत्र गशिप केन्द्रीय महासचिव रमेश प्रसाद अवस्थी , गशिप गण्डकी प्रदेशका अध्यक्ष चिन्तामणी शर्मा, गशिप कास्कीका पुर्व अध्यक्षहरु त्रिभुवन बराल , बेद प्रसाद शर्मा, भद्रराज त्रिपाठि,नेपाली भाषा परिषद कास्कीका अध्यक्ष डिल्लीराम अर्याल, सामाजिक अध्ययन मन्चका सचिवव तिलक काफ्लेले शुभकामना व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा अघिल्लो कार्यकालमा उल्लेखनीय कार्यसम्पादन गर्ने कार्यसमिति सदस्य तथा पदाधिकारीलार्इ निवर्तमान अध्यक्ष तथा प्रमुख अतिथिले कदरपत्र द्वारा सम्मान गरिएको थियो ।

You might also like

Comments are closed.