रुपन्देही । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माघ १९ देखि अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आउने भएको छ । विमानस्थलमा आइएलएस प्रविधि सञ्चालन नहुँदा डेढ महिनादेखि बन्द रहेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आउने भएको हो ।
भारत सरकारले जडान भइसकेको आइएलएस प्रविधि प्रयोगका लागि आधिकारिक स्वीकृति नदिएका कारण यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको हो ।
गत डिसेम्बर १८ तारिखसम्म अन्तर्राष्ट्रियतर्फको नियमित उडान भएको थियो । त्यसपछि मौसमी प्रतिकुलताका कारण अन्तर्राष्ट्रिय तर्फको नियमित उडान नै हुन सकेको छैन ।
मौसमी प्रतिकुलताका कारण कम भिजिबिलिटी जहाज अवतरण गर्न नसकेपछि बन्द गरिएको अन्तर्राष्ट्रिय उडान मौसममा सुधार भएमा फेब्रुअरी २ तारिखबाट (माघ १९) पुनः सञ्चालनमा ल्याउनको लागि छलफल भएको विमानस्थल प्रवक्ता सुवास झाले बताएका छन्।
अगाडि यो विमानस्थलमा कुवेतको जजिरा एयरवेजले साताको तीनवटा अन्तर्राष्ट्रिय उडान गर्दै आएको थियो । त्यस्तै, गत नोभेम्बर ३ तारिखबाट भैरहवाबाट मलेसिया उडान गरेको हिमालय एयरलाइन्सले पनि बन्द रहेको छ । जेठ २ मा सुरु भएको यो विमानस्थलमा सबै सुविधा नहुँदा समस्या परेको विमान कम्पनीहरूले जनाएका छन् ।
Comments are closed.