काठमाडौं । उडान रोकिएको दुई महिनापछि गौतमबुद्ध विमानस्थलबाट जजिरा एयरलायन्सले पुनः अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ।मौसमका कारण उडान रोकिएको आगामी फागुन २५ गतेदेखि अन्तर्राष्ट्रिय उडान गर्ने भएकाे हाे ।
गौतमबुद्ध विमानस्थलबाट उडान रोकिएको दुई महिनापछि फेरि जजिराले विमान उडाउन लागेको हो। पुस ६ गते पछि उडान बन्द गरेको जजिराले फागुन २५ देखि पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने भएको हो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतमा जेठ २ गतेबाट जजिराको नियमित उडान सुरू भएको थियो भने पुस ६ गतेयता उडान बन्द भएको थियो ।
यसअघि जजिराले माघ १९ देखि उडान सुरु गर्ने बताएपनि न्तर्राष्ट्रिय उडान सुरु गर्न सकिएको छैन । जजिराले फागुन २५देखि हप्ताको तीन दिन उडान गर्ने स्रोतले जनाएको छ । जजिराको विमान मंगलबार, बिहीबार र शनिबार बिहान ८ बजेर ५ मिनेटमा उड्नेछ र अग्रिम टिकट बुकिङ थालिएको स्रोतले बताएको छ ।
Comments are closed.