बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका पुर्व अध्यक्ष गौतमको निधनमा बजार बन्द

पोखरा । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका पुर्व अध्यक्ष बलराम गौतमको निधन भएकोमा एशोसियसनले आफ्नो मातहतका व्यवसायीक प्रतिष्ठानहरू माघ २९गते आइतबार पुर्ण रूपमा बन्द गरेर शोक मनाएको छ ।

बुद्ध विशाल बजारमा आयोजना गरिएको शोकसभामा पुर्व अध्यक्ष गौतमको फोटोमा माल्यार्पण गर्दे एशोसियसनका अध्यक्ष केशव बहादुर खत्रीले आफुहरूले एउटा कुशल अभिभावक गुमाएको बताउदै यस दुःखद घडीमा स्वर्गीय बलराम गौतम प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दे परिवारजनमा धर्यधारणा गर्ने शक्ती भगवानले दिउन भन्दै स्वर्गीय गौतमको निधनमा बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको आकस्मिक बैठक बसी एशोसियसनले आफ्नो मातहतका व्यवसायीक प्रतिष्ठानहरू माघ २९ गते पुर्ण रूपमा बन्द गर्ने, संस्थाको झन्डा आधा झुकाउने र तिन दिनसम्म संस्थाका कुनै पनि औपचारिका कार्यक्रम नगर्ने निर्णय गरेको बताए ।

एशोसियसनले स्वर्गिय गौतमको सम्झनामा एक मिनेट मौनधारणा समेत गरेको थियो । पुर्व अध्यक्ष बलराम गौतमको माघ २८ गते बिरगंजमा निधन भएको थियो भने उनको पार्थिव शरिरलाई आइतबार बिहान पोखरा ल्याई तुलसीघाटमा अन्तिम दाहसंस्कार गरिएको हो ।

५६ वर्षिय स्वर्गीय गौतमका श्रीमती र तिन छोरी रहेका छन् ।

You might also like

Comments are closed.