गरिमा विकास बैंकद्वारा नयाँ वर्ष २०८० सालको क्यालेण्डर विमोचन

काठमाडौं ।  गरिमा विकास बैंक लिमिटेडले नयाँ वर्ष २०८० सालको क्यालेण्डर विमोचन गरेको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरि आउँदै गरेको नयाँ वर्ष २०८० सालको आफ्नो आधिकारीक क्यालेण्डर विमोचन गरेको हो ।

बैंकको केन्द्रिय कार्यालयमा आयोजना गरिएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले संयुक्त रुपमा उक्त क्यालेण्डरको विमोचन गरेका हुन् ।

बैंकले देश भित्रका विभिन्न पर्यटकिय क्षेत्रहरु समावेश भएको आर्कषक भित्ते क्यालेण्डर र विभिन्न प्रजातीका चरा तथा वन्यजन्तु समावेश भएको टेवल क्यालेण्डर प्रकाशन गरेको छ ।

jutta mela

You might also like

Comments are closed.